ताजा अपडेट
सुनसरी, पांँचथर र संखुवासभामा पनि चुनावी रन्को, कहाँबाट को बन्ने भए नेकपाका उम्मेदवार ?
- 5 बर्ष, 8 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले आउँदो मंसिर १४ गते हुने उप-चुनावका लागि उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाको स्थानीय कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा... पुरा पढ्नुहोस
हटाइए सातै प्रदेशका प्रदेश प्रमुखहरु, अब कुन प्रदेशमा को आउलान् ?
- 5 बर्ष, 8 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी छन्। केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७४ माघ ३ मा प्रदेश प्रमुखहरू नियुक्त भएका थिए । प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले बिरोध जनाएको छ ।... पुरा पढ्नुहोस
घरबार नै चौपट भयो भन्दै रोजगारीका लागि कतारतिर लागे क्रिकेट संघ सुनसरीका अध्यक्ष
- 5 बर्ष, 8 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
क्रिकेट खेलाडीहरुको संस्था सुनसरी क्यानका अध्यक्ष चेतनाथ पौडेल (सीपी पौडेल) वैदेशिक रोजगारीको लागि कतारतिर उडेका छन् । शनिबार राती १० बजेको उडानबाट उनी कतार लागेका हुन् । इटहरीमा रहेर लामो समयदेखि क्रिकेट क्षेत्रमा सक्रिय रहँदै आएका पौडेल कुशल खेल व्यवस्थापक हुन् । उनले आयोजक तथा व्यवस्थापक भएर स्थानीयसँगै राष्ट्रिय खेल... पुरा पढ्नुहोस
फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार
- 5 बर्ष, 8 महिना अगाडि
- १५ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा... पुरा पढ्नुहोस
नेकपाद्वारा धरान उपमहानगरको मेयरका लागि ३ जनाको नाम सिफारिस
- 5 बर्ष, 8 महिना अगाडि
- १५ कार्तिक २०७६, शुक्रबार
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उप महानगरपालिकाको मेयरका लागि नेकपा धरानले ३ जनाको नाम सिफारिस गरेको छ । पार्टी कार्यलयमा शुक्रबार बसेको नेकपाको स्थानीय कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे... पुरा पढ्नुहोस
प्रदेश सरकारले ढाँटेपछि स्थानीय पहलमै बन्न थाल्यो राष्ट्रिय पुस्तकालय केराबारीको भवन
- 5 बर्ष, 8 महिना अगाडि
- १४ कार्तिक २०७६, बिहीबार
मोरङको केराबारी गाउँपालिकामा रहेको राष्ट्रिय पुस्तकालयको भवन निर्माण हुन थालेको छ । २०२४ सालमा स्थापना गरिएको मोरङकै पुरानो पुस्तकालयको भवन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले बुुधबार शिलान्यास गरेका हुन् । केराबारीका वासिन्दाहरुले नेपाल टेलिकमको लागि भनेर दिएको १५ धुर जग्गामा टेलिकम कार्यालय नआएपछि गाउँपालिकाले उपलब्ध गराएको... पुरा पढ्नुहोस
केराबारीका युवाले गरे यस्तो काम, जसबाट सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि सिक्नुपर्छ
- 5 बर्ष, 8 महिना अगाडि
- १२ कार्तिक २०७६, मंगलवार
नेपाल तरुण दल र राष्टिय युवासंघको लोगो अंकित टि सर्ट लगाएर सयभन्दा बढी युवा तथा वयस्कहरु सहभागी भए । एक पछि अर्को गर्दै कार्यक्रममा सबैजना सामेल त भए । नेपाल तरुण दल र राष्टिय युवासंघको संयुक्त आयोजनामा मोरङको केराबारीमा तिहारको पुर्व सन्ध्यामा फेस्टिबल फन रन केराबारी कार्यक्रम सम्पन्न भयो ।... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकप : धरानलाई ६-० ले पराजित गर्दै व्वाईज युनियनले जित्यो उपाधि
- 5 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७६, सोमबार
तेस्रो संस्करणको डाँगीहाट गोल्डकप फुटबलको उपाधि व्वाईज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनलमा धरान एफसी सुनसरीलाई ६–० ले हराउदै व्वाईज युनियनले उपाधि आफ्नो नाममा लेखाएको हो । उसको जितमा तपन कार्कीले ४ तथा मेसुकेले २ गोल गरे । खेलको दोस्रो मिनेटमै तपनले टोलीलाई अग्रता दिलाएका थिए । १८... पुरा पढ्नुहोस
बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि
- 5 बर्ष, 8 महिना अगाडि
- १० कार्तिक २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ । केराबारीलाई १ का विरुद्ध २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे । बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए । पहिलाे... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भए धरान र ब्वाइज युनियन
- 5 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७६, शनिबार
ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले पन्छाउदै धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा शुक्रबार भएको खेलमा पहिलो हाफको १० औ... पुरा पढ्नुहोस