ताजा अपडेट
तीन अरब लागतमा नोबेलले छुट्टै भवनमा शुरु गर्यो क्यान्सर उपचार सेवा
- 9 महिना, 13 दिन अगाडि
- ५ आश्विन २०८१, शनिबार
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले तीन अरव लगानीमा छुट्टै भवनमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । २०८१ असोज १ गते एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । तीन अरव लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन, आवश्यक जमिन र अत्याधुनिक... पुरा पढ्नुहोस
महिलाहरुद्वारा संचालित अष्टलक्ष्मी साकोसको १८औ साधारण सभा भव्यताका साथ सम्पन्न
- 9 महिना, 14 दिन अगाडि
- ४ आश्विन २०८१, शुक्रबार
पथरी शनिश्चरे,समाचारदाता / महिलाहरु मात्रै शेयर सदस्य रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। पथरीशनिश्चरे नगरपालिकाकै एक मात्रै महिलाहरूको साझा सहकारीको रुपमा परिचित सो सहकारी संस्थाले आफ्नै निजी भवनमा बिहीबार साधारण सभा सम्पन्न गरेको हो। संस्थाकी सचिव सिर्जना राईले... पुरा पढ्नुहोस
लालिगुराँस साकोसको ३० औं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन
- 9 महिना, 15 दिन अगाडि
- ३ आश्विन २०८१, बिहीबार
लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं साधारणसभाले नारायण प्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । बिहीबार अर्थात असोज ३ गते बेलबारी बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको साधारणसभाले संचालक समिति र लेखा सुपरिवेक्षण समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा राजेन्द्र थापा, सचिवमा सागर... पुरा पढ्नुहोस
कौडेनामा नोबेल र केएमसीको स्वास्थ्य शिविर, हजारभन्दा धेरैजनाको जाँच तथा उपचार
- 9 महिना, 15 दिन अगाडि
- ३ आश्विन २०८१, बिहीबार
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको कौडेनामा निःशुल्क स्वास्थ्य शिविर गरी हजारभन्दा बढी ब्यक्तिको जाँच तथा उपचार गरेको छ । उक्त शिविरमा १ हजार २०१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये २४७... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली बारे कार्यशाला सम्पन्न
- 9 महिना, 19 दिन अगाडि
- ३० भाद्र २०८१, आईतवार
नेपालमै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक सुकुना बहुमुखी क्याम्पसले शनिबार जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि क्याम्पस परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जीवनशैली, वैज्ञानिक अध्यात्म... पुरा पढ्नुहोस
पञ्चायत माविमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम
- 9 महिना, 20 दिन अगाडि
- २९ भाद्र २०८१, शनिबार
पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरी शनिश्चरे- १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ। शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन " बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले... पुरा पढ्नुहोस
कराँते प्रशिक्षक बेलबारीकी कुन्ति गुरुङ ‘परिषद सेवा पदक २०८१’ बाट सम्मानित
- 9 महिना, 20 दिन अगाडि
- २९ भाद्र २०८१, शनिबार
मोरङ बेलबारीकी कराँते प्रशिक्षक कुन्ति गुरुङ परिषद सेवा पदक २०८१ बाट सम्मानित भएकी छिन । बुधबार काठमाण्डौमा आयोजित राष्ट्रिय खेलकुद परिषद्को ६१ औ बार्षिक उत्सवको अवसरमा स्थायी नियुक्ति भई २० बर्ष सेवा गरे वापत गुरुङलाइ सो पदक प्रदान गरिएको हो । उनी लामो समयदेखि देश तथा बिदेशमा कराँते खेलको बिकास... पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ ईन्स्पेक्टर
- 9 महिना, 21 दिन अगाडि
- २८ भाद्र २०८१, शुक्रबार
ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कृष्णबहादुर खत्री आएका छन । यसअघिका ईन्स्पेक्टर तेजबहादुर दाहाल आफनो कार्यकाल पुरा गरी बिदा भएका छन । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंले भदौ १७ गते ईन्स्पेक्टर दाहालको सरुवा गर्दै उनको ठाँउमा खत्रीलाई कार्यलय प्रमुखका... पुरा पढ्नुहोस
सामुदायिक विद्यालयका प्र.अ. र शिक्षा शाखाबिच कार्यसम्पादन सम्झौता
- 9 महिना, 22 दिन अगाडि
- २७ भाद्र २०८१, बिहीबार
माेरङ्गका पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षा शाखाबिच कार्यसम्पादन करार सम्झौता कार्यक्रम भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पथरी शनिश्चरे नगरपालिकाको हलमा प्र.अ. तथा शिक्षा शाखाबिच कार्यसम्पादन करार सम्झौता कार्यक्रम भएको हो । नगरको सामाजिक शिक्षा समितिका अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा... पुरा पढ्नुहोस
वक्तृत्व कला प्रतियोगितामा सिंहबाहिनी मावि प्रथम
- 9 महिना, 23 दिन अगाडि
- २६ भाद्र २०८१, बुधबार
पढाइमा समाजिक सञ्जालको प्रयोग र प्रभाव बिषयक वक्तृत्वकला प्रतियोगितामा मोरङको पथरीशनिश्चरे -९ स्थित सिंहबाहिनी मावि प्रथम भएको छ । बाल दिवसको अवसरमा पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् । वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागिरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो... पुरा पढ्नुहोस