ताजा अपडेट

पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले

बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस

सलकपुर खानेपानीको अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार बिजयी

सलकपुर साना शहरी खानेपानी उपभोक्ता समतिको १३ औ साधारणसभाबाट अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार  गजेन्द्र भट्टराई निर्वाचित भएका छन्  । सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको खानेपानीको कार्यलयमा सोमबार भएको निर्वाचनबाट  भट्टराई निर्वाचित भएका हुन्  । सुन्दरहरैचा नगरपालिकाको वडा नं ७, ८, ९ र ११ का  जनतालाई  खानेपानी प्रदान गर्दै आएको संस्थामा... पुरा पढ्नुहोस

चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि  मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन्  । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन... पुरा पढ्नुहोस

भ्यालेन्टाइन – कविता

हिजोआज— सपना पनि कस्तो अजिब देख्छु कि—धमिलो पानी पिउदै गरेको हिड्दा—हिड्दै बाटो रित्तिएको हाँगाबाट फूल झरेको मान्छेहरुले झुठो मुस्कान दिइरहेको मायाको व्याख्या म कुन चाहिँ रङ्को गुलाफले गर्न सक्छु र प्रीय मेरो दाजुले सानोमा गुच्छा हराउदा सापटी दिएको सेता गुच्छा को अगाडि म कुन चै शब्दले तिमिलाइ प्रपोज गरुम ?... पुरा पढ्नुहोस

आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । आठराई गाउँपालिका वडा न ७ थाेक्लुङ्गकाे सामुदायिक भवनकाे हलमा आयाेजित कार्यक्रममा मानव अधिकार , देवानी एेेन  ,फाैजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा छलफल भएकाे छ । वडान:... पुरा पढ्नुहोस

रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ गते इटहरीमा प्रदेश सम्मेलन आयोजना गरिएको प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले... पुरा पढ्नुहोस

चरीत्रहत्या गरेको भन्दै एभिन्यूज विरुद्ध पत्रकारहरुको उजुरी, महासंघद्वारा निन्दा

आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार  त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको... पुरा पढ्नुहोस

सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित

विजय राई, धनकुटा/ सामााजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने झण्डै दुई दर्जनहरुलाई धनकुटामा सम्मान गरिएको छ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं बार्षिक उत्सवको अवसरमा सोमबार  विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने समाजिक तथा शैक्षिक  क्षेत्रका वरिष्ठ मानुभावहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रदेश नम्वर १ धनकुटाका... पुरा पढ्नुहोस

विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी श्रीपन्चमी मनाए उत्तरी मोरङका स्कुलहरुले

मणिराम दाहाल, बिराटचोक, मोरङ  सुन्दरहरैँचा र बेलबारीका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पुजाको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरु गरेका छन्  । सरस्वती पुजाको अवसरमै सुन्दरहरैँचाको खोर्सानेमा रहेको सिद्धार्थ बोर्डिङ  स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लाागि सिद्धार्थ नृत्य तथा गायन प्रतियोगिता तथा १ देखी १२ सम्मका विधार्थीहरुका नृत्य तथा गायन र नाटक... पुरा पढ्नुहोस