प्रमुख

ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी

गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् । साहले घरभित्रै  बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत... पुरा पढ्नुहोस

शाख गुमाउँदै पूर्वाञ्चल क्याम्पस धरान, क्याम्पसको बदनाम गराइएकाे भन्दै अखिलको आपत्ति

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस इकाइ कमिटी धरानले पूर्वाञ्चल क्याम्पसको क्याम्पस प्रशासन गैह्र जिम्मेवार भएको कारण इन्जिनियरिङ तर्फको पढाइ खच्किएको र क्याम्पसको पनि बेइज्जत भएको भन्दै आपत्ति जनाएको छ । युनियनले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित समाचारमा पनि सत्यता नरहेको... पुरा पढ्नुहोस

खेल मैदान नहुँदा क्रिकेट प्रशिक्षण र अभ्यास गर्नबाट बन्चित हुँदै बेलबारीका खेलाडीहरु

खेल मैदानको अभावमा बेलबारीका युवाहरू क्रिकेटको अभ्यास गर्नबाट बन्चित भएका छन् । बिसं २०७१ सालमा स्थापना भएको बेलबारी क्रिकेट क्लब मार्फत खेल अभ्यास र विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएका खेलाडीहरु मैदानको अभावमा खेलाडीहरु पलायन हुन थालेको  बेलबारी क्रिकेट क्लब अध्यक्ष ऐश्वर्य प्र.आचार्य (बिपिन) ले बताए। ०७३ सालमा पुर्वान्चल स्तरीय... पुरा पढ्नुहोस

बेलबारीमा मुटु, मृगौला र क्यान्सरका साढे ५ सय बिरामी, नगरपालिकाले दियो १ करोड ३३ लाख

बेलबारी नगरपालिका क्षेत्रमा बिगत पाँच बर्षको अबधिमा क्यान्सर, मुटुरोग र स्पाईनल ईन्जुरी जस्ता दीर्घ रोगका झन्डै साढे ५ सय बिरामी फेला परेका छन्  । क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ७९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित पाँच सय ३३ बिरामी... पुरा पढ्नुहोस

बेलबारी नगर अस्पतालमा १२ घण्टे ओपिडीसँगै स्वास्थ्य बिमा सेवा पनि, बिरामीलाई राहत

मोरङको बेलबारी १ मा अबस्थित स्वास्थ्य चौकीलाइ बेलबारी नगर अस्पतालमा बनाइ १२ घण्टा ओपिडी सेवा शुभारम्भ गरिएपछि बिरामीले राहत महसुस गर्न थालेका छन् । साउन १ गतेदेखि दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा सञ्चालन तथा हाल एक्सरे, भिडियो एक्सरे, प्रसुति रोग बिशेषज्ञ सेवा तथा बिमाको रेफर समेत... पुरा पढ्नुहोस

झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस

पुर्वमा यसै बर्षदेखि बिस्तार हुन थाल्नेभो महेन्द्र राजमार्ग, डीपीआरको काम अन्तिम चरणमा

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकही अर्थात सप्तकोसीसम्म १ सय २० किलोमिटर राजमार्ग यसै बर्षदेखि बिस्तार हुन थाल्ने भएको छ । एसियाली विकास बैंक र बिश्व बैंकको सहयोगमा कूल २८ अर्ब १७ करोड लागतमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो । तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको राजमार्ग ग्रामीण र जङ्गल... पुरा पढ्नुहोस

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ । ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस

खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या

जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण... पुरा पढ्नुहोस

केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू

केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् । १२... पुरा पढ्नुहोस