प्रमुख
नोबेलको ‘एम्बुलेन्स क्याम्प’ : १५ दिनमा १२ हजार बिरामीले पाए निःशुल्क उपचार
- 2 बर्ष, 6 महिना अगाडि
- २१ असार २०७९, मंगलवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क... पुरा पढ्नुहोस
दशैं तिहारपछि हुनेभो धनकुटा महोत्सव, अहिल्यैदेखि थालियो तयारी
- 2 बर्ष, 6 महिना अगाडि
- १९ असार २०७९, आईतवार
' कृषि, पर्यटन, उद्योग र व्यापार समुन्नत धनकुटाको आधार' भन्ने मुल नाराका साथ मंसिर दोस्रो सातादेखि धनकुटा महोत्सव, औद्योगिक मेला तथा कृषि प्रर्दशनी २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघको ंआयोजना एवम् संयोजन तथा धनकुटा जिल्लाका सात वटै स्थानीय तह र सरोकारवालाहरुको सहयोगमा आगामी मंसिर १६ गते देखि... पुरा पढ्नुहोस
पाँचथरमा बन्यो नेपालकै ठूलो धातुको बुद्द मुर्ति, बजेट निकासा रोकिँदा रंगरोगन प्रभावित
- 2 बर्ष, 6 महिना अगाडि
- १४ असार २०७९, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँ पालिका ४ मा नेपालकै सबैभन्दा ठूलो धातुबाट निर्मित बुद्द मुर्तिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुर्वी पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ स्थित रबि बजारभन्दा उत्तरपट्टी जडिबुटे सामुदायिक वन क्षेत्रको जडिबुटी डाँडामा ३८ फिट अग्लो देशकै ठूलो धातुको बुद्धमूर्ति सहितको पार्क निर्माणको काम अन्तिम चरणमा... पुरा पढ्नुहोस
दोस्रो पुस्तकालय सम्मेलन हुँदै, ९ सय २८ मध्ये २ सय २७ पुस्तकालय मात्रै संचालनमा
- 2 बर्ष, 6 महिना अगाडि
- १३ असार २०७९, सोमबार
देशभरका ६ सय ८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स. १९७४ देखि हालसम्म खुलेका ९ सय २८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या घटेर जम्मा २ सय २७ मात्रै पुगेको हो । केही भने जेनतेन चलिरहेका छन् । रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा... पुरा पढ्नुहोस
नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी
- 2 बर्ष, 6 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे... पुरा पढ्नुहोस
भ्रामक समाचार लेखेर चरित्रहत्या गर्नेलाई कारबाही गर्न बेलबारीकी उपमेयरको माग
- 2 बर्ष, 6 महिना अगाडि
- १ असार २०७९, बुधबार
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा ले आफनो चरित्रहत्या गरेको भन्दै झुठो प्रचार गर्नेहरूलाई कारबाही गर्न माग गरेकी छिन् । भ्रामक समाचार लेखेर आफनो चरित्रहत्या गरेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ, पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष माग गरेकी हुन् ।... पुरा पढ्नुहोस
पाँच बर्षपछि बल्ल होला कि जस्तो छ प्रदेश १ को न्वारान
- 2 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०७९, सोमबार
प्रदेश को नामाकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएसँगै प्रदेश १ ले नाम पाउने भएको छ । आइतबार प्रदेश १ प्रदेशसभा बैठक लगत्तै एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच भएको छलफलमा जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमति... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का
- 2 बर्ष, 6 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
जिल्ला समन्वय समिति मोरङको निर्वाचन जेठ ३१ गते हुने टुंगो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन बुधबार हुनेछ । त्यस्तै मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने... पुरा पढ्नुहोस
मोरङका कुन पालिकालाइ कति पर्यो केन्द्रिय बजेट, थाहा छ ?
- 2 बर्ष, 7 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
आर्थिक वर्ष ०७९/०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन भएको छ । संघीय सरकारले पेश गरेको बजेटमा जिल्लाभर सो बजेट परेको हो । मोरङका कुन पालिकामा कति बजेट ? विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।... पुरा पढ्नुहोस
धनकुटाका कुन कुन पालिकामा कति परेछ बजेट ?
- 2 बर्ष, 7 महिना अगाडि
- १९ जेष्ठ २०७९, बिहीबार
१. चौबिसे गाउँ पालिका - ३३ करोड ६१ लाख २. सागुरिगढी गाउँ पालिका - ३४ करोड ७० लाख ३. छथरजोरपाटी गाउँपालिका -३३ करोड ३१ लाख ४. सहिदभुमी गाउँ पालिका - ३३ करोड १७ लाख ५. पाख्रीबास नगरपालिका - ३७ करोड २१ लाख ६. महालक्ष्मी नगरपालिका- ४३ करोड ३५ लाख ७.... पुरा पढ्नुहोस