प्रमुख

देशभर कुन दलले कति-कति पालिका जिते, थाहा छ ? सूचीसहित

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि... पुरा पढ्नुहोस

धनकुटाको चौबिसेमा एमाले र साँघुरीगढी तथा छथर जोरपाटीमा गठबन्धन बिजयी

धनकुटाका सात पालिकामध्ये तीन पालिकाको मत गणना सकिँदा एकमा एमाले र दुई पालिकामा गठबन्धनले प्रमुख पद जितेका छन् । चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका राजकुमार लिम्बू विजयी भएका छन् । लिम्बूले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन्। उनले पाँच हजार ३८... पुरा पढ्नुहोस

पैसा बाँढ्न खोजेको भन्दै धनकुटामा स्थानीयले पक्रिए एमाले नेताहरूलाइ

मौन अवधिमा धनकुटाको छथर जोरपाटीका मतदातालाई प्रभावित पार्न नगद बाँड्न लागेको भन्दै स्थानीयले ३ जना एमाले नेतालाई लिएर प्रहरीलाई जिम्मा लगाएका छन्। धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ मा नगद सहित फेला पारेर स्थानीयले एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुली, एमाले प्रदेश कमिटी सदस्य तथा छथर जोरपाटी निर्वाचन संयोजक बलदीप... पुरा पढ्नुहोस

बैद्य माओवादीका केन्द्रीय नेता ज्ञवाली र बजगाईसहित दर्जनौं  नेता माओवादी केन्द्रमा

 माओवादी जनयुद्धमा सहभागि स्थापित नेताहरु मोहन बैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।      बैद्य माओवादीको केन्द्रीय स्तरमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज माओवादी... पुरा पढ्नुहोस

को-को छन् धनकुटामा सत्तापक्षीय गठबन्धन, एमाले र अन्य पार्टीका उम्मेद्वार ?

 वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा  एमालेले एक्लै र सत्ता साझेदार दलहरूले कतै साझा त कतै एकल उम्मेदवारी दिएका छन् । धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राई र गठबन्धनबाटै उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दिएका छन्। यस्तै एमालेबाट धनकुटा... पुरा पढ्नुहोस

मोरङका कुन पालिकामा कुन-कुन दलबाट को बने उम्मेद्वार ?

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेले मोरङका अधिकांश स्थानीय तहमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । अरु जिल्लामा गठबन्धन भए पनि मोरङका एक दुइवटा बाहेक सबै स्थानीय तहमा प्रमुख दुई पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रेका हुन् । नेकपा एमालेले केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका नुतन श्रेष्ठले जिते मिस्टर नेपाल २०२२ को उपाधि

मिस्टर नेपाल २०२२ को उपाधि सुन्दर हरैंचाका नुतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई उछिन्द २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै नुतनले पाँच लाख रुपैयाँ पाएका छन् । उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई  मिस्टर नेपालका पुर्व... पुरा पढ्नुहोस

धनकुटामा पालिका र वडाहरुको सिट बाँडफाँड गर्दै गठबन्धन आबद्ध दलहरु

सत्तारुढ दलहरुविच गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंर्गै धनकुटामा गठबन्धनको पक्षमा चुनावी माहोल बढेर गएको छ । धनकुटाका सातवटै पालिका र ६० वटै वडाहरुमा सत्तारुढ दलहरुबीच गठबन्धन गरी चुनावमा जाने सहमति भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु पालिका र वडाहरुको सिट बाँडफाँडमा व्यस्त भएका छन् । हाल गठबन्धन आवद्द दलहरू कुन स्थानीय... पुरा पढ्नुहोस

सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा... पुरा पढ्नुहोस

केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)

मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् । चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो । बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक... पुरा पढ्नुहोस