प्रमुख

केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने

मोरङ केराबारीमा पनि राष्ट्रिय भुमि आयोगको सेवा कार्यालय स्थापना भएको छ। भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले भुमि आयोगको सेवा केन्द्र स्थापना गरिएको हो । यसै हप्ता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला लगायतले कार्यालयको उद्घाटन गरेका छन् । सेवा केन्द्रको उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष केशव... पुरा पढ्नुहोस

मोरङ सुन्दरहरैँचामा छोरीहरुले गरे आमाको काजकिरीया

मोरङको सुन्दरहरैँचा ४ का तीनजना छोरीहरू आमाको काजकिरियामा बसेका छन । हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) काजकिरियामा बसेका हुन् । ती दिदिबहिनीहरुले कोराभित्र किरिया बसेर आमालाई दागबत्ती दिने काम समेत गरेका छन् । अविवाहित दिपा... पुरा पढ्नुहोस

बसमय बन्दै बेलबारीका आधा दर्जन सामुदायिक स्कुल, भगवती माविले पनि किन्यो स्कुलबस

मोरङको बेलबारी ३ मा रहेको यस क्षेत्रकै पुरानो भगवती माध्यमिक बिद्यालयले स्कुल बस खरिद गरेको छ । विद्यालयले २७ लाख १२ हजारको लागतमा बस खरिद गरी सञ्चालनमा ल्याएको हो । बस खरिदका लागि बिद्यालयले १५ लाख र बेलबारी नगरपालिकाले १२ लाख १२ हजार लगानी गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप... पुरा पढ्नुहोस

विद्यार्थी र अभिभावकको नि:शुल्क बैंक खाता र डिम्याट खाता खोलिदिँदै गुरुकुल

मोरङको बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले बिद्यार्थी तथा अभिभावकहरुका लागि शेयर शिक्षा कार्यक्रम संचालन गरेको छ । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बैंक खाता र शेयर खाता खोल्न, आइपिओ सेयरमा आबेदन दिने प्रकिया सिकाउन र घरमै बसेर शेयर भर्न प्रेरित गर्न शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल कुमार... पुरा पढ्नुहोस

लेटाङमा स्कुलबाट फर्कँदै गरेकी बालिकाको बलात्कारपछि हत्या

मोरङको लेटाङमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । लेटाङ ८ जाते बजारमा रहेको जाते मा.बि.मा अध्ययनरत ११ बर्षिय करुणा राईको बलात्कारपछि हत्या भएको हो । तीन दिन अघिदेखि बिद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी राईलाई शुक्रबार बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो । करुणाको... पुरा पढ्नुहोस

तीन संस्थाको आयोजनामा केराबारीमा रक्तदान, १ सय ९ प्रिन्ट रगत संकलन

सामुदायिक साकोस केराबारी, खदम हिल साकोस केराबारी तथा मोरङ्ग सुनसरी सेवा समाज नेपालको आयोजनामा फागुन १२ गते केराबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट १ सय ९ पिन्ट रगत संकलन भएको संयुक्त रक्तदान आयोजक समिति... पुरा पढ्नुहोस

एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति

मोरङ केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर... पुरा पढ्नुहोस

शहरी पूर्वाधार विकासका लागि महालक्ष्मी नगरपालिकाले पाउने भो ५० करोड

धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । महालक्ष्मी नगरपालिकाको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर... पुरा पढ्नुहोस

साढे तीनसय बृद्धबृद्धाहरुलाई सिरक बितरण गर्दै महालक्ष्मी नगरपालिका

धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । नगरपालिकाले जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने अभियान थालेको हो । महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । शुक्रबार पहिलो दिन वडा नं.७ का १० जनालाई... पुरा पढ्नुहोस

महालक्ष्मीको आठौं नगरसभा सम्पन्न, पाँच बर्षे कार्यकाल सफल भएको दाबी

धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा नगरपालिकाकै सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । नगरसभामा जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक... पुरा पढ्नुहोस