प्रमुख

झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस

पुर्वमा यसै बर्षदेखि बिस्तार हुन थाल्नेभो महेन्द्र राजमार्ग, डीपीआरको काम अन्तिम चरणमा

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकही अर्थात सप्तकोसीसम्म १ सय २० किलोमिटर राजमार्ग यसै बर्षदेखि बिस्तार हुन थाल्ने भएको छ । एसियाली विकास बैंक र बिश्व बैंकको सहयोगमा कूल २८ अर्ब १७ करोड लागतमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो । तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको राजमार्ग ग्रामीण र जङ्गल... पुरा पढ्नुहोस

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ । ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस

खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या

जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण... पुरा पढ्नुहोस

केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू

केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् । १२... पुरा पढ्नुहोस

नगरपालिका तोडफोड गर्ने दुई जनाविरुद्ध धरानका मेयरले प्रहरीमा दिए जाहेरी

धरान उपमहानगर पालिकामा नगर प्रमुखको कार्यकक्ष र गेटमा तोडफोड तथा गालीगलौज गर्ने दुई जना विरुद्ध नगरप्रमुख हर्कराज साम्पाङले प्रहरीमा जाहेरी दिएका छन् । साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए । बराह पीडित सङ्घर्ष... पुरा पढ्नुहोस

धनकुटामा एयरपोर्ट र मेडिकल कलेज बनाउन माग गर्दै प्रधानमन्त्रीकोमा पुगे धनकुटाका नेताहरु

धनकुटाका केही स्थानीय पालिकाका जनप्रतिनिधि तथा नेपाली कांग्रेसका नेताहरूको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी धनकुटाको विकासका लागि विभिन्न माग राखेको छ। मागपत्रमा धनकुटा अस्पताललाई शिक्षण अस्पताल (मेडकल कजेल) बनाउन ,धनकुटाको बेलहारा डाँडामा एयरपोर्ट निर्माण गर्न ,धनकुटाको हिलेमा रहेको नेपाली सेनाको पूर्व कमाण्ड परिसरमा सैनिक अस्पताल र सैनिक विद्यालय स्थापना... पुरा पढ्नुहोस

धनकुटाका जनप्रतिनिधि र कांग्रेस नेताहरूले संघीय सरकारका पाँच मन्त्रीलाइ बुझाए ज्ञापन

धनकुटाको स्थानीय तहका जनप्रतिनिधि र नेपाली कांग्रेस धनकुटाको प्रतिनिधि मण्डलले धनकुटाको विकास र समृद्धीका लागि भन्दै नेपाल सरकारका पाँच जना संघिय मन्त्रिहरुलाई माग पत्र बुझाएको छ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मल... पुरा पढ्नुहोस

बयरको रुखमा कसैले लड्काइदियो कि आफैं झुन्डिए तिन किशोरीहरु ?

झापाको कचनकवलब – ५ मा रहस्यमय तरिकाले एउटै रूखमा पासो लागेर तीन किशोरीको परान गएको छ । एउटै रुखमा झुन्डिएर मर्नेमा १६ वर्षिया करिना, कल्पना र १७ वर्षिया अञ्जली गणेश छन् । नजिकैको चिया बगानमा काम गर्ने उनीहरू शनिबार दिउँसो १२ बजे सँगसँगै घरबाट निस्किएका थिए । तर बेलुका अबेरसम्म... पुरा पढ्नुहोस

उर्लाबारीमा छोरीहरुले छोरासरह गरे बाबुकाे किरिया

मोरङको उर्लाबारीमा छोरीहरूले छोरासरह बाबुकाे किरिया गरेका छन् । उर्लाबारी नगरपालिका ४ सृजना टोलका ५६ वर्षीय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना छोरीहरू दश गात्र कर्ममा बसेका हुन् । खतिवडाको केहि दिनअघि ह्दयघातका कारण मृत्यु भएको थियो । छोरा नभएका खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र... पुरा पढ्नुहोस