ताजा अपडेट

मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन

‍मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने... पुरा पढ्नुहोस

नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु

अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् । नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले  नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण... पुरा पढ्नुहोस

नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु

नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ । हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा   प्रवेश गरेका  छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर... पुरा पढ्नुहोस

शहिद प्रकाश थापा प्रथम स्मृति कपको उपाधी सभापोखरीलाई

धनकुटाको सहिदभूमी गाउपालिकाको घंगरुमा जनउत्थान सामुदिायक क्लव सहिदभूमी १ घंगरुले संचालगरेको सहिद प्रकाश थापा प्रथम स्मृति कप संखुवासभाो सभा पोखरीले आज चुमेको छ । संखुवासभाको सभा पोखरी र धनकुटाको डाडाबजार विच वष्टप फाईपमा खेलाईएको फाईनल खेलमा धनकुटाको डाडाबजारले दुई गेम र संखुवासभाको सभापोखरीले तिन गेम जित्दै सहिद प्रकाश थापा प्रथम... पुरा पढ्नुहोस

नोबेलको ९ औं व्याचका डेढ सय विद्यार्थीले पुरा गरे एमबीबीएस

बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् । सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाको... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग

केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन... पुरा पढ्नुहोस

अरुण काबेली र रिडी हाइड्रोपावर कम्पनीको बोनस र लाभांंश प्रस्ताव पारित

अरुण काबेली पावर लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस शेयर र लाभांंश प्रस्ताव पारित गरेका छन् ।                          रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष... पुरा पढ्नुहोस

प्रदेश १ का एकलाख भुमीहिन नागरिकले पाउने भए जग्गा लालपूर्जा

‍‍नेपाल सरकारले ‍सकुम्बासी समस्या समाधान आयोग मार्फत प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ,  पाँचथर र इलामका ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेली, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकासँग सम्झौता गरेको छ । योजना... पुरा पढ्नुहोस

सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता

बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस

राज्यले अनुमति नदिए आफैं सिनेमा हल चलाउने पुर्वका हल सञ्चालकहरुको चेतावनी

पुर्वका सिनेमा हल संचालकहरुले दुई हप्ताभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग गरेका छन् । गत चैतदेखि बन्द रहेका सिनेमा हल संचालन गर्न पाउनुपर्ने हल संचालकहरुको माग छ । नेपाल चलचित्र संघ पूर्वाञ्चलको शाखा ईटहरीमा बसेको बैठकले हल संचालन गर्न अनुमति दिन सरकारलाई दबाब दिने समेत ,निर्णय गरेको छ... पुरा पढ्नुहोस