ताजा अपडेट

बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा

सुर सप्तक बेलवारी आइडल २ को शनिबार भएको प्रि-सेमीफाइनलबाट २१ जना प्रतियोगीहरु सेमीफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को लागि सहभागी भएका दुई सयभन्दा बढीबाट छनौट चरण पार गरी प्रि-सेमिफाइनलमा पुगेका ६१ जना मध्येबाट २१ जना सेमीफाइनलका लागि छनौट भएका हुन् । आरोहण सङ्गीत विद्यालय बेलवारी १ मा... पुरा पढ्नुहोस

प्रदेश सांसद ओझाको अगुवाइमा निर्माणाधीन बिराटचोक-हरैंचा सडक अनुगमन

प्रदेशकै गौरवको आयोजना भनिएको बिराटचोकदेखि हरैंचा नेताचोक हुँदै बिराटनगर जाने चार लेनको निर्माणाधीन सडकको अनुगमन गरिएको छ । प्रदेश सांसद राजकुमार ओझाको अगुवाईमा एक टोलीले शुक्रबार निर्माणाधीन हरैंचा विराटचोक सडक खण्डको अनुुुगमन गरेको हो  । अनुगमन टोलीमा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समाजद्वारा धरानका समाजसेवी पूर्णबहादुर गुरुङ सम्मानित

बेलबारी साहित्य विकास समाज, मोरङले नेपाली भाषा–साहित्यको सेवा गरे बापत विमल स्मृति पुस्तकालय धरानका संस्थापक तथा  सञ्चालक पूर्णबहादुर गुरुङलाइ सम्मान गरेको छ । विमल स्मृति पुस्तकालय, धरानको सभाकक्षमा शुक्रबार भाषाविद तथा समालोचक प्रा.डा. टङ्कप्रसाद न्यौपानेले अबिर, नेपाली ढाकाटोपी, दोसल्ल र सम्मानपत्रद्वारा गुरुङलाई सम्मान गरेका हुन्  । रेखा सुवेदीको अध्यक्षतामा सम्मान कार्यक्रममा कवि... पुरा पढ्नुहोस

बेलबारीमा माविस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न, भगवती माविको जित

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियूको आयोजनामा मोरङको बेलबारीमा मावि स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार भएको प्रतियोगिताको उपाधि भगवति माविले चुमेको छ । त्यसैगरी लक्ष्मी मावि द्धितिय भएको छ । आधा दर्जन बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता अखिलका रविन चालिसेको सभापतित्व तथा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीको... पुरा पढ्नुहोस

बेलबारीका मेयरको पहलमा मोरङका ६ वटा स्थानीय तहमा उत्पादन हुनेभो दश-दश मेघावाट विद्युत

मोरङका केहि स्थानिय तहहरुमा सोलार प्यानलवाट ६० मेगावाटको विजुली उत्पादन गरिने भएको छ । पहिलो चरणमा ६० मेघावाट बिजुली उत्पादन गर्ने गरी सहयोग गर्न बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता भएको छ ।  अन्तर स्थानिय तह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका अनुसार स्पेनको लियोनमा भएको... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका विद्यार्थीले गरे रक्तदान कार्यक्रम, १ सय २३ प्रिन्ट रगत संकलन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार आयोजित रक्तदान कार्यक्रमबाट १ सय २३ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा  विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो । सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित... पुरा पढ्नुहोस

पाँचथरमा नोबेलको दुइदिने स्वास्थ्य शिबिर, फिदिम र आसपासका १४ सय बिरामी लाभान्वित

नोबेल शिक्षण अस्पतालले पाँचथरको फिदिममा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । शिबिरमा १ हजार ४ सय २८ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । शिबिरमा ४ सय १३ जना बिरामीको भिडियो एक्सरे, १ सय ५४ जनाको ईसीजी र १ सय ९५ जनाको ल्याव टेष्ट... पुरा पढ्नुहोस

काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन

 काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका सुन्दरहरैचा नगर क्षेत्रका बासिन्दाहरुको भेलाले  प्रेमप्रसाद लुइटेलकोअध्यक्षतामा ११ सदस्यीय सुन्दरहरैँचा काठमाण्डौं सम्पर्क समाज गठन गरेको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा बुुधबार काठमाण्डौमा भएको भेलाले लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो ।  राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको विशेष अतिथ्यता र नगरपालिकाका उपप्रमुख... पुरा पढ्नुहोस

एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका

उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ । गरिवसँग नगरपालिका' नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस

नोबेल र अभिभावकबिच शुल्कबारे सहमति, सुचारु हुनेभो एमवीवीएस र वीडीएसको पढाई

नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको... पुरा पढ्नुहोस