ताजा अपडेट

दुर्ब्यबहार गरिएको भन्दै बेलबारी नगरका कर्मचारीद्वारा आन्दोलनको घोषणा

कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले बिहीबारदेखि पेन डाउन आन्दोलन गर्ने भएका छन् । नगरपालिका कार्यालयमा प्रवेश गरी अराजक व्यक्तिहरूबाट कर्मचारीहरूप्रति भइरहेका अभद्र व्यवहार र व्यक्तिगत जीवनमा लक्षित आरोपका कारण कामकाज गर्न असहज भएको जनाउँदै उनीहरूले आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् । नगरपालिका कार्यालयमै प्रवेश गरी कर्मचारीहरूमाथि गरिएको दुर्व्यवहार, व्यक्तिगत जीवनमा लक्षित आक्षेप... पुरा पढ्नुहोस

उपमेयरले मागेको हिसाब लेखा अधिकृतले नदिएपछि बेलबारी नगरपालिकामा बबण्डर

बेलबारी नगरपालिकामा बजेट सार्वजनिक भए लगत्तै छताछुल्ल भएको उपप्रमुख नितु थापा (कोइराला) र लेखा प्रमुख धनमाया राई बिचको टकराबका कारण बबण्डर मच्चिएको छ । उपप्रमुख थापाले नगरपालिकाले विभिन्न शीर्षकहरूमा खर्च गरिरहेको रकम तथा केही कर्मचारीले पाउँदै आएको भत्ताको विवरण माग गर्दा लेखा अधिकृतले दिन नमानेको बिषयले नगरपालिकामा उग्रता मच्चिएको हो... पुरा पढ्नुहोस

मोरङका कुन पालिकाको कस्तो आयो बजेट ?

मोरङका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बेलबारी नगरपालिकाः १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँमोरङको बेलबारी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ । ०८३ का लागि १ अर्व ९ करोड ४५ लाख ४७ हजार सय रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । केराबारी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक

बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको १७औँ नगरसभा अधिवेशनमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्। प्रस्तावित बजेटमा चालू, पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी तीनवटा शीर्षकमा... पुरा पढ्नुहोस

नमूनायोग्य काम गर्दै बेलबारी वडा नम्बर ३

बेलबारी नगरपालिकाका वडा नम्बर ३ ले पछिल्‌लो तीन बर्षमा केही नमूनायोग्य काम गरेको छ । योगेन्द्र सुवेदी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएपछि सो वडाले नमुना वडाका रुपमा बिकास गरेको छ । बिकास निर्माणसँगै सो वडाले केही नागरिक मैत्री योजनाहरु समेत संचालन गरेको छ । वडाले प्रत्येक टोल बिकास संस्थाका... पुरा पढ्नुहोस

उदाहरणीय बन्दै उपमेयरसँग मातृशिशु कार्यक्रम

बेलबारी नगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग मातृशिशु कार्यक्रम उदाहरणीय बनेको छ । बेलबारी नगरपालिकाले तीन बर्षअघि शुरु गरेको मौलिक प्रकारको मानिएको यो कार्यक्रम उदाहरणीय बनेको हो । समाजमा छोरीप्रतिको धारणामा परिवर्तन ल्याउन पहिलो र दोस्रो सन्तान छोरी पाउने दम्पत्तिलाइ लक्षित गरी नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो । बेलबारी नगरपालिकाका अनुसार... पुरा पढ्नुहोस

सुकुना सामुदायिक वन क्षेत्रमा रोपियो करिब १५ सय बिरुवा

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सुकुना सामुदायिक बन उपभोक्ता समूहले करिब १५ सय बिरुवा रोपेको छ । सामुदायिक वनको ४.४५ हेक्टर क्षेत्रफल जमीनमा बृक्षारोपण गर्ने योजना अनुसार वनले ती बिरुवा रोपेको हो । सब डिभिजन बन सलकपुरका बन सहायक राममाया परियारसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको समेत सहभागितामा यसै हप्ता वृक्षारोपण गरिएको... पुरा पढ्नुहोस

सम्पादकीय : लोहन्द्रा गंगाधाम : फेर्न सक्छ बेलबारीको मुहार

बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोला किनारमा लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण भए सम्पन्न भई उद्घाटन भएसँगै यसको चर्चा बढ्न थालेको छ । नव निर्मित निर्मित गंगा धाम (शबदाह स्थल) को जेठ १९ गते सोमबार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले शवदाह स्थल उद्घाटन गरेका... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका क्षेत्रमा बजेटको ओइरो, जनप्रतिनिधिहरु उत्साहित

मोरङ केराबारी गाउँपालिका क्षेत्रमा केन्द्रिय र प्रदेश सरकार मार्फत विभिन्न योजनाका लागि यसै बर्ष झन्डै एक अर्ब हाराहारीमा बजेट आउने भएको छ । केराबारी गाउँपालिकाको र मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद डिकबहादुर लिम्बु मार्फत केराबारी गाउंपालिका क्षेत्रमा एक अर्व हाराहारी बजेट आउने भएको हो । केराबारी गाउँपालिकाका अनुसार... पुरा पढ्नुहोस

दुइवटा वडामा विभाजन हुँदै केराबारी ९

केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाइ बिभाजन गरी २ वटा वडा बन्ने भएको छ । स्थानीय तहमा भएको सहमति र निर्णयका आधारमा कोशी प्रदेश सरकारले गत चैतमा केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाई विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिसकेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मोरङको वडा दुई भौगोलिक क्षेत्रमा... पुरा पढ्नुहोस