गाउँ/समाज
धनकुटा नगरपालिकाको एउटा वडाले शुरु गर्यो जनता बचाउ अभियान
- 3 बर्ष, 11 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरी जनता बचाउ अभियान शुरु गरेको छ । कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित... पुरा पढ्नुहोस
धनकुटामा ५ जना पत्रकारलाई कोरोना, महासंघ प्रदेश उपाध्यक्षसहित २ जना संक्रमित
- 4 बर्ष, 1 दिन अगाडि
- २५ जेष्ठ २०७८, मंगलवार
पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सहित धनकुटामा हालसम्म ५ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन् । जसमध्ये तिनजना निको भइसकेका छन् भने २ जना होम आईसोलेशसनमा छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग कोरोना संक्रमित भएकी छिन् । त्यसैगरी... पुरा पढ्नुहोस
स्वयंसेवक मार्फत संक्रमितको घर घरमा सेनिटाइजर छर्कदै बेलबारी नगरपालिका
- 4 बर्ष, 1 दिन अगाडि
- २५ जेष्ठ २०७८, मंगलवार
मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,... पुरा पढ्नुहोस
कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग
- 4 बर्ष, 2 दिन अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
धनकुटाका सवै पालिका र वडाहरुमा कोरोना भाईरसको परिक्षण बिधिलाई फराकिलो र सहज बनाउन नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेकोले परिक्षण विधिलाई फराकिलो, सहज र... पुरा पढ्नुहोस
जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री
- 4 बर्ष, 3 दिन अगाडि
- २३ जेष्ठ २०७८, आईतवार
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र... पुरा पढ्नुहोस
बेलबारीमा बाँडिएका बोयर बोका बाख्राबारे विवाद, नगरपालिकाले छानबिन गर्ने
- 4 बर्ष, 8 दिन अगाडि
- १८ जेष्ठ २०७८, मंगलवार
अस्ट्रेलियाबाट ल्याइएको भनिएका र हालै कृषकहरुलाइ बितरित सवा करोड बराबरका बोयर बोकाबाख्राहरु नक्कली भएको भन्दै सर्वत्र बिरोध भएपछि बेलबारी नगरपालिकाले त्यसबारे छानबिन गर्ने भएको छ । किसानलाई वितरण गरिएका बोका र पाठीबारे बिवाद र आलोचना भएपछि नगरपालिकाले छानबिन एवम् सक्कली बोयर नभएको प्रमाणित भए आयात गर्ने कम्पनीलाई कारबाही गर्ने भएको... पुरा पढ्नुहोस
नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित
- 4 बर्ष, 11 दिन अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा... पुरा पढ्नुहोस
संक्रमितको घर घरमा औषधि पुयाउँदै बेलबारीका स्वास्थ्यकर्मी
- 4 बर्ष, 12 दिन अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
दास्रो चरणको कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनिहरुको स्वास्थ्य अबस्था बुझ्ने काम भइरहेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी,... पुरा पढ्नुहोस
रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत
- 4 बर्ष, 16 दिन अगाडि
- १० जेष्ठ २०७८, सोमबार
नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि... पुरा पढ्नुहोस
धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन
- 4 बर्ष, 18 दिन अगाडि
- ८ जेष्ठ २०७८, शनिबार
धनकुटाको औद्योगिक ग्राममा धनकुटा कोभिड अस्पताल संचालन गरिएको छ । धनकुटा जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रियतामा उनकै नेतृत्वमा अस्पताल संचालन भएको हो । २० बेड क्षमता भएको कोभिड अस्पतालमा हाल ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए । धनकुटा कोभिड अस्पतालमा राम्रोसंग... पुरा पढ्नुहोस