ताजा अपडेट
सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुँदै, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 6 महिना अगाडि
- २ माघ २०७६, बिहीबार
बेलबारी, मोरङ/ स्थानीय कला र संस्कृतिलाई संरक्षरण संवर्धन गर्ने अभिप्रयालयले संचालन गरिदै आएको सुर सप्तक बेलबारी सिङ्गिङ आइडलको दोस्रो संस्करण हुने भएको छ । बेलबारी ३ स्थित ड्रिम ल्यान्डको सभाहलमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था स्रष्टा समाज बेलबारीले सो जानकारी गराएको हो । आइडल छनोट, प्रिसेमिफाइनल, सेमिफाइनल र फाइनलमा... पुरा पढ्नुहोस
किन जरुरी छ पत्रकारका दलीय संगठनहरुको खारेजी ?
- 5 बर्ष, 6 महिना अगाडि
- १ माघ २०७६, बुधबार
प्रत्यक्ष वा परोक्ष रुपमा पत्रकारिता गर्न थालेको झण्डै अढाई दशक भइसकेछ । वि.स. २०५० साल पछिबाट सुरु भएको पत्रकारिताका सुरुका केही वर्ष सिकाईकै क्रममा विते पनि त्यसबेला तेह्रथुमबाट प्रकाशिन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तरदृष्टि’ साप्ताहिक, र काठकाडौबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै... पुरा पढ्नुहोस
शिशिरको पहिलो बिहान…
- 5 बर्ष, 6 महिना अगाडि
- २९ पुष २०७६, मंगलवार
(सन्दर्भ : माघे सक्रान्ति) कुनै अलिखित ईतिहासको सुरुवातको बिहान पनि हुनसक्छ। शिशिरको यो पहिलो बिहान। थुप्रैपटक अनेकौं अनुभब र अनुभुतिहरु दिएर बितेका छन् हाम्रा हिजोका साँझहरु अनि केही शर्तसहित केही बिनाशर्त आज पनि उदाएको छ घाम कर्मयोगीहरु आज पनि केही नयाँ आशासंगै निरन्तर साधनामा लागिरहने छन् । निश्चय नै यो... पुरा पढ्नुहोस
डा. शिवमायालाइ सभामुख बनाउन गृह जिल्ला मोरङकै स्थानीय तहका उप प्रमुखहरुको लबिङ
- 5 बर्ष, 6 महिना अगाडि
- २९ पुष २०७६, मंगलवार
आफ्नै जिल्लाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन मोरङका १० स्थानीय तहका उपप्रमुखहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । तुम्बाहाम्फेलाई सभामुख बनाउन मोरङ जिल्लाको १० पालिकाका उपप्रमुखहरुले जिल्ला कमिटी मार्फत नेकपाको नेतृत्वलाई दवाव दिएका हुन् । मागपत्र बुझाउनेमा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला,... पुरा पढ्नुहोस
मोरङका सबै स्थानीय तहमा तोकिए नेकपाका इन्चार्ज, जिल्ला कमिटी बिस्तारसँगै सचिवालय पनि गठन
- 5 बर्ष, 6 महिना अगाडि
- २९ पुष २०७६, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिल्ला कमिटी बिस्तार तथा स्थानीय तहका इन्चार्ज तथा निर्वाचन क्षेत्रका संयोजक र सह संयोजक तोक्दै जिल्लाको पार्टी एकता टुंग्याएको छ । नेकपा माेरङ अध्यक्ष ऋषिकेश पोखरेलकाे अध्यक्षता र केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा भएको जिल्ला कमिटी बैठकले १६ वटा स्थानीय... पुरा पढ्नुहोस
केराबारी गाउँपालिका वडा नम्बर ४, ६, ७ र ९ का कार्यालय भवन बन्दै
- 5 बर्ष, 6 महिना अगाडि
- २८ पुष २०७६, सोमबार
मोरङको केराबारी गाउँपालिकाका तीनवटा वडा कार्यालय भवन बन्ने भएका छन् । आफ्नै वडा कार्यालय नभएका वडाका लागि भवन बनाउन केन्द्रिय सरकारले केही बजेट बिनियोजन गरेपछि ती वडा कार्यालय बन्ने भएका हुन् । भवन निर्माण हुने वडामा वडा नम्बर ९, ६ र ७ छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि... पुरा पढ्नुहोस
घुस लिँदालिँदै रङेहात अख्तियारको फन्दामा परे नापी कार्यालय बेलबारीका अमिन
- 5 बर्ष, 6 महिना अगाडि
- २८ पुष २०७६, सोमबार
घुस लिएको आरोपमा नापी कार्यालय बेलबारीका नापी सर्वेक्षक (अमिन) दिनेश कुमार साह पक्राउ परेका छन् । सेवाग्राहीसँग सात हजार रकम घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई पक्राउ गरेको हो । सोमवार दिउंँसो मोरङको बेलबारी १० भाउन्ने स्थित पदम बहादुर श्रेष्ठको जग्गा नापेर गरी सिमाङ्कन गर्न... पुरा पढ्नुहोस
सकुमबासीका समस्या सुल्झाउन मन्त्री र प्रधानमन्त्री गुहार्दै मोरङका जनप्रतिनिधिहरु
- 5 बर्ष, 6 महिना अगाडि
- २८ पुष २०७६, सोमबार
उत्तम पोख्रेल / मोरङका तीनवटा स्थानिय तहका जनप्रतिनिधिहरु सुकुम्वासी समस्या लिएर प्रधानमन्त्री निवास पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्याबारे ध्यानाकर्षण गराएका हुन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि... पुरा पढ्नुहोस
गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २८ पुष २०७६, सोमबार
साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत 'सहारा' सार्वजनिक भएको छ । गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत दिपक गीरीले छायांकन गरेका छन् । गीतको म्युजिक भिडियोलाई दिपक सिंहले निर्देशन गरेका छन् । भिडियोमा दिनेश कठायत र रेजिना बिष्टको अभिनय... पुरा पढ्नुहोस
राजेशपायल राइ र ‘पुलन्देकी आमा’ लगायतको प्रस्तुति हेरेर खुब रमाए डाँगीहाटबासी
- 5 बर्ष, 6 महिना अगाडि
- २७ पुष २०७६, आईतवार
लागू औषध विरुद्ध सचेतना जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले मोरङ बेलबारी ९ नलबारीमा म्युजिकल कन्सर्ट भब्य रूपमा सम्पन्न भएको छ । शान्ति युवा समूह बेलबारी ९ को आयोजना र बुद्ध एयरको सह- प्रायोजनमा भएको कार्यक्रममा राजेश पायल राई र 'पुलन्देकी आमा' ले विशेष प्रस्तुति दिएका... पुरा पढ्नुहोस