ताजा अपडेट

जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ को अबस्थामा फर्काउन नसकिने सुनसरी एमालेको निस्कर्ष

नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले पार्टीको जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा पुनर्जीवित गर्न नसकिने ठहर गरेको छ । कमिटीका अध्यक्ष रेबती रमण भण्डारीको अध्यक्षता र पार्टी केन्द्रिय कमिटी सदस्य एवं जिल्ला सह–ईन्चार्ज तैयब हुसैनको प्रमुख आतिथ्यमा भाद्र १९ गते बसेको बैठकले सो ठहर गरेको हो... पुरा पढ्नुहोस

१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला

१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला प्रदेश १ का कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेलाले आगामी महाधिवेशनमा वडा तहदेखि केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन माग गर्दै १३ बुदे भेडेटार घोषणा पत्र जारी गरेको छ । नेपाली कांग्रेस मोरङका... पुरा पढ्नुहोस

धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग

धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरी ११ बुदे माग पत्र बुझाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला... पुरा पढ्नुहोस

लोहन्द्रा र चिसाङ खोला ठेक्का नलगाउने बेलबारी नपाको  निर्णय, होला त कार्यान्वयन ?

यस बर्ष बेलबारीमा पर्ने लोहन्द्रा र चिसाङ खोलाबाट खोलाजन्य पदार्थ निकाल्न नपाईने भएको छ । खोला जमिनको सतहभन्दा तल गएको र बाढी आँउदा जोखिम बढी हुने भन्दै नगरपालिकाले यस बर्ष खोलाको ठेक्का रोक्ने निर्णय गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले यो बर्ष खोलाको ठेक्का नखुलाउने निर्णय... पुरा पढ्नुहोस

एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी  

नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर नेकपा एमाले धनकुटाबाट भ्रम सिर्जना गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई... पुरा पढ्नुहोस

केएमसीद्वारा ईमर्जेन्सी कक्षमा सुधार, सेवालाई सहज र स्तरीय बनाउन स्वयंसेवक परिचालन

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गर्दै छिटो, छरितो र प्रभावकारी बनाएको छ । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंम्सेवक’ टिम परिचालन गरिएको छ । उनीहरुले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउने छन् । आकस्मिक... पुरा पढ्नुहोस

‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन

बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा दिन खरिद गरिएका बोयर बोका बाख्रा खरिद काण्डको विषयमा छानविन गर्न गठित समितिले बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ नगरपालिकालाई प्रतिबेदन बुझाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई छानबिन समिति संयोजक बिन्दुकला... पुरा पढ्नुहोस

एमाले विभाजनसँगै वदलिनेभो प्रदेश १ को सरकार पनि

नेकपा एमाले विभाजनसँगै प्रदेश १ को सरकार बदलिने भएको छ । खासगरी गठबन्धन अर्थात नेकपा एकीकृत समाजवादी, कांग्रेस, जसपा र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि पहल थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् । एमालेका... पुरा पढ्नुहोस

ठाउँ ठाउँमा सुरक्षा युनिट थप्न र कृषकहरुलाइ राहत दिन धनकुटा कांग्रेसको माग

  नेपाली कांग्रेस धनकुटाले धनकुटाका विभिन्न समस्या तथा  शान्ति सुरक्षाबारे गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस धनकुटाको एक टोलीले गृहमन्त्री खाँडसँग भेट गरी असिना पानी तथा बाढी पहिरो पीडित कृषकहरुलाई राहत दिन, धनकुटा जिल्लाको शान्ति सुरक्षा कायम गर्न लगायत ५ बुदे माग पत्र बुझाउदै केन्द्रिय सरकारको ध्यानाकर्षण... पुरा पढ्नुहोस

प्रदेश १ मा पनि बढ्यो सार्वजनिक सवारीको भाडा

संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको करिब एक महिनापछि प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५... पुरा पढ्नुहोस