ताजा अपडेट

कांग्रेस बेलबारीको सभापतिमा छत्र लिम्बु निर्वाचित, मिश्रित आयो परिणाम

नेपाली कांग्रेस बेलबारीको शनिबार सम्पन्न नगर अधिबेशनबाट छत्र लिम्बु सभापति निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी देउवा पक्षीय निवर्तमान सभापति शम्भु भट्टराईलाई ४२ मतले पछि पार्दै शेेेखकोइराला पक्षधर लिम्बु सभापतिमा निर्वाचित भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरे भने भट्टराईले ९४ मत प्राप्त गरेका थिए । चुनावी... पुरा पढ्नुहोस

बेलबारी कांग्रेसको अधिवेशनका लागि पौडेल पक्षले टुंग्यायो उम्मेदवार, को को छन् आकांक्षी ?

नेपाली कांग्रेस बेलबारीको यहि असोज १६ गते हुने नगर अधिवेशनका लागि रामचन्द्र पौडेल पक्षले उम्मेदवारी घोषणा गरेको छ । बिहिबार बेलबारी १ स्थित कांग्रेसको पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी बिपी  कोइराला पक्षधर वताउने पौडेल पक्षले पदाधिकारीको उम्मेदवारी घोषणा गरेको हो । घोषणा गरिए अनुसार नगर सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी... पुरा पढ्नुहोस

बिरामीलाइ बन्धक बनाएको भन्ने झुठो प्रचार गरी भ्रम फैलाइएकोमा नोबेलको आपत्ति

नोबेल शिक्षण अस्पतालले बिरामी बन्धक बनाएको भनेर गलत प्रचार गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । अस्पताल भन्दा बाहिरको फार्मेसीको बिषयलाई जोडेर बिनाकारण अस्पतालको बदनाम गरिएको भन्दै नोबेलले आपत्ती जनाएको हो । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले प्रेस विज्ञप्ति जारी गर्दै गलत प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्... पुरा पढ्नुहोस

सुकुना माध्यमिक विद्यालयद्वारा २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण

सिकाइलाई प्रविधियुक्त र प्रभावकारी वनाउने उद्देश्यले  मोरङ सुन्दरहरैँचा नगरपालिका १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले पहिलो चरणमा २४ जना शिक्षकहरूलाई एक एक वटा ल्यापटप वितरण गरेको हो । आर्थिक बर्ष २०७७/०७८ को नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको १९ लाख ८० हजार... पुरा पढ्नुहोस

नोबेलमा शल्यक्रिया गरेर ढाडवाट निकालियो टाउकोभन्दा पनि ठुलो गाँठो

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक विरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो । ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए... पुरा पढ्नुहोस

तीनवटा माध्यमिक विद्यालयलाई बेलबारी नगरपालिकाले दियो स्कुल वस

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले बेलबारी नगरपालिकाले नगरका तीन वटा सामुदायिक विद्यालयलाई एक एकवटा बस सहयोग गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सोमबार एक कार्यक्रमबिच ती विद्यालयलाई बसको साँचो हस्तान्तरण गरेका हुन् । बस पाउने विद्यालयहरूमा बेलबारी १ को जनता मावि, बेलबारी ८ को जनता मावि र... पुरा पढ्नुहोस

केएमसीले सञ्चालन गर्‍यो नेपालकै ठूलो नवजात शिशु तथा वाल रोग सघन उपचार कक्ष

  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो । ४० शैयाको नवजात... पुरा पढ्नुहोस

अब काठमाडौ धाउनै पर्दैन, पुर्वमै पहिलो पटक नोबेलले शुरु गर्‍यो मृगौला प्रत्यारोपण सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो । सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।।... पुरा पढ्नुहोस

बेलबारी ४ मा कांग्रेसको सर्वसम्मत नेतृत्व, २७ सदस्यीय वडा समिति गठन

मोरङ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनहरु हुन नसकिरहेको अवस्थामा बेलबारी नगरपालिका वडा नं.४ मा सर्वसम्मत नेतृत्व चयन सहित वडा समिति गठन भएको छ । कांग्रेसका नेता डा. सुनिल शर्माको वडासमेत रहेको वडा नं.४ मा कांग्रेसको सर्वसम्मत वडा नेतृत्व चयन भएको हो । वडा अधिवेशनले इन्द्रकुमार राईको सभापतित्वमा... पुरा पढ्नुहोस

केएमसीमा रमाइ रमाइ नाचे महिला डाक्टर, नर्स तथा कर्मचारीहरु

विरामीगरुको चेकजाँच तथा उपचारमा सधैं तल्लीन रहने महिला डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सोमबार रमाइ रमाइ नाचेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार आयोहित हरितालिका तीज विशेष कार्यक्रममा अस्पतालको तीन सयभन्दा बढी महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरु सहभागी भएका थिए । कार्यक्रममा डाक्टर, नर्स लगायत कर्मचारीहरुले विभिन्न तीज गीतमा नृत्य... पुरा पढ्नुहोस