ताजा अपडेट

आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ । धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी... पुरा पढ्नुहोस

खोटाङ र काठमाडौंमा केएमसीको स्वास्थ्य शिविर, ५ हजार बढी विरामीको उपचार

काठमाडौ मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका ७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।... पुरा पढ्नुहोस

मोरङमा पार्टी एवम् संगठन निर्माणलाई तिब्र बनाउँदै बिद्रोही एमाले

नेकपा एमाले नेपाल खनाल समुहले पार्टी संगठन निर्माणको कामलाई तिब्र बनाएको छ। केहिदिन अघि विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको उक्त समुहले शनिवार जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ । मोरङको सुन्दरहरैचामा चैत २८ गते बनाइएका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो । सो... पुरा पढ्नुहोस

१५ सयमै पीसीआर परीक्षण गर्दै केएमसी

‍ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले... पुरा पढ्नुहोस

गम्भीर आरोप लागेपछि शिक्षा सन्देशका प्रिन्सिपल निलम्बित, स्कुललाई बिवादमा नमुछन आग्रह

‍विद्यालयकै एक छात्रालाइ यौन दुव्र्यवहार गरेको आरोप लागेपछि ‍‍मोरङको बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीमा रहेको शिक्षा सन्देश इङलिस स्कुलले प्रिन्सिपल राजेश खत्रीलाई निष्कासन गरेको छ ।     आफ्नै विद्यालयका छात्रालाई अनैतिक कार्य गरेको विषय सार्वजनिक भएपछि स्कुलले खत्रीलाइ प्रिन्सिपलबाट निलम्बन गरेको हो । खत्रीलाई विद्यालयको शैक्षिक भ्रमणको क्रममा... पुरा पढ्नुहोस

बेलबारीका ७ वटा वडा कार्यालय भवन बन्दै, वडा ४ को भवन शिलन्यास

बेलबारी नगरपालिकाका ७ वटा वडा कार्यालय भवन निर्माण शुरु भएको छ । बेलबारी १, २, ४, ६, ८,१० र ११ नम्बर वडा कार्यालयका भवनको निर्माण शुरु गरेको हो । । त्यसै क्रममा बेलबारी नगरपालिका वडा नम्बर ४ को भवन शिलन्यास गरीएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले... पुरा पढ्नुहोस

नोबेलमा मोरङ ३ र ६ का जनताले साढे ७ सयमै गर्न पाउने भए पीसीआर टेष्ट

नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा... पुरा पढ्नुहोस

छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्षति भएको ठहर

बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबाली नष्ट भएको पालिकाले जानकारी दिएको छ । कृषि शाखाले गरेको अनुगम तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकाको वडा नं।२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख... पुरा पढ्नुहोस

रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा

मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस

नोबेलमा सुरु भो बाँझोपनको उपचार तथा कृत्रिम गर्भाधान सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो । नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल... पुरा पढ्नुहोस