ताजा अपडेट

सिंहदेवीको खुला नकआउट भलिबल: दमक फाइनलमा, बेलबारी र इटहरी सेमीमा

‍‍मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा आयोजक केराबारीलाइ ३-० ले पराजित गर्दै दमक फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक केराबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै दमक फाइनलमा पुगेको हो । खेलमा दमकले २५-११, २५-१४ र... पुरा पढ्नुहोस

१ सय ४१ सन्तानका धनी धनकुटाका चन्द्रबहादुर, जो १०५ बर्षमा पनि तगडा छन्

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगेपनि अझै तगडा छन्  । बि. सं. १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बराल एक सताब्दी उमेर काटेपनि वरपर हिँडडुल गर्न सक्छन्  । दुई छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् । सानै... पुरा पढ्नुहोस

नोबेलमा सफलतापूर्वक गरियो घाँटीमा भएको क्यान्सरको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । ६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी... पुरा पढ्नुहोस

मानवसेवा आश्रममा असहायसँग खड्का र रिजालले मनाए जन्मदिन र नयाँ बर्ष

विराटनगर निवासी शुसिला खड्का भट्टराईले आफ्नो जन्मदिन र शान्ता रिजालले नयाँ बर्ष मानवसेवा आश्रम बिराटनगरको संरक्षणमा रहेका सडक आश्रित मानिसहरुसँग मनाएका छन् । बिशेष गरि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानिसहरुसँग भट्टराईले जन्मदिन र रिजालले नयाँ बर्ष... पुरा पढ्नुहोस

धनकुटाको छथर जोरपाटीका दर्जनभन्दा बढी अपांगले पाए सहायक सामाग्री

 धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत गाउँपालिकाले ती सामग्री बितरण गरेको हो । अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठको उपस्थितिमा एक कार्यक्रम गरेर उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । पहिलो चरण अन्तर्गत ४९... पुरा पढ्नुहोस

स्थापनाको पन्ध्र बर्षपछि बेलबारी क्याम्पस आफ्नै भवनमा, बन्यो नयाँ संचालक समिति

‍‍बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेलाले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । निबर्तमान अध्यक्ष रहेका सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा ब्यबस्थापन गरी भवन समेत निर्माण गरीएको थियो । क्याम्पस भवन उद्घाटन ... पुरा पढ्नुहोस

बेलबारीमा बैशाख ९ देखि हुनेभो प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

मोरङको बेलबारीमा १ न प्रदेश स्तरिय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन  प्रतियोगिता २०७८ संचालन हुने भएको छ। डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यही बैशाख ९ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजक डाँगीहाट ब्याट्मिन्टन क्लबले आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरी सो... पुरा पढ्नुहोस

‍नविन कोईरालाले जिते दोस्रो बेलबारी आईडलको उपाधि, तेस्रो आइडलको तयारी

मोरङ बेलबारी ३ का नबिन कोईरालाले दोस्रो बेलबारी आईडलको उपाधि जितेका छन् । कोरोना महामारीका कारण गत बर्ष रोकिएर शनिबार भएको फाइनलमा पाँच प्रतिस्पर्धीहरुलाइ उछिन्दै कोइरालाले उपाधी जितेका  हुन् । उपाधिसँगै उनले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक... पुरा पढ्नुहोस

भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ

एमाले ओली समुहको मोरङ कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन् । कानेपोखरी ६ स्थित रमाइलो बजारमा   वाइ सि एल र तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । शुक्रबार दिउँसो रमाइलो चौकमा... पुरा पढ्नुहोस

झापा कन्काईमा नोबेलको स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय... पुरा पढ्नुहोस