पूर्वी नेपाल

नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता

नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो । पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन्... पुरा पढ्नुहोस

संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न 

मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा  सम्पन्न भएको छ । संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख... पुरा पढ्नुहोस

तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार  रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे  । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस

नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी

झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् । तर, अहिले नोबेल शिक्षण अस्पतालमा... पुरा पढ्नुहोस

एक अर्बको कारोबार गर्ने लक्ष्य सहित फागुन पहिलो सातादेखि हुनेभो ‘विराट एक्स्पो २०७६’

नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण

सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण  वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस

डा. शिवमायालाइ सभामुख बनाउन गृह जिल्ला मोरङकै स्थानीय तहका उप प्रमुखहरुको लबिङ

आफ्नै जिल्लाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन  मोरङका १० स्थानीय तहका उपप्रमुखहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।      तुम्बाहाम्फेलाई सभामुख बनाउन  मोरङ जिल्लाको १० पालिकाका उपप्रमुखहरुले जिल्ला कमिटी मार्फत नेकपाको नेतृत्वलाई दवाव दिएका हुन् ।       मागपत्र बुझाउनेमा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला,... पुरा पढ्नुहोस

सकुमबासीका समस्या सुल्झाउन मन्त्री र प्रधानमन्त्री गुहार्दै मोरङका जनप्रतिनिधिहरु

उत्तम पोख्रेल / मोरङका तीनवटा स्थानिय तहका जनप्रतिनिधिहरु सुकुम्वासी समस्या लिएर प्रधानमन्त्री निवास पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्याबारे ध्यानाकर्षण गराएका हुन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि... पुरा पढ्नुहोस

कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस

पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस