गाउँ/समाज

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख

बेलबारी नगरपालिकाका नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपत ब्यबस्थापन कोषमा बेलबारीका पाँच सहकारीले जम्मा १ लाख ३६ हजार सहयोग गर्ने घोषणा गरेका छन् । सहयोगको घोषणा गर्ने सहकारीहरुमा लागीगुराँस साकोस, साना किसान सहकारी, पाैरखी साकोस,  जनप्रेमी साकोस तथा दिपज्याेती साकाेस छन् । लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमका अनुसार लालिगुराँसले... पुरा पढ्नुहोस

राहत कोषमा बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख, एकद्धार प्रणाली नमाने राहत सामग्री खोस्ने चेतावनी

बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपत ब्यबस्थापक कोषको स्थापना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो । बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको... पुरा पढ्नुहोस

श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण

श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।  बेलबारी १ का निम्न आर्थिक अवस्था भएका  परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ । प्रतिपरिवारलाई जनही १५... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन

कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ । लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् । नगर... पुरा पढ्नुहोस

गोदावरी बोर्डिङको सहयोगमा सुन्दर टोल विकास संस्थाले बेलबारीले बितरण गर्‍यो राहत

बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास संस्थाले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्याला मजदुरी गर्ने १० परिवारलाई खाद्य वस्तु वितरण गरेको छ । बुधवार बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयवाट गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण... पुरा पढ्नुहोस

इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा   मंगलबार पनि वजार अनुगमन गरिएको थियो  ।... पुरा पढ्नुहोस

अनुगमनमा कडाई गर्दै बेलबारी नगरपालिका, सब्जीबजार बन्द गर्न निर्देशन

मानवबस्ती रहेकाे स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा, त्यहाँ आउने जाने उपभाेक्ताकाे भिडभाडले काेराेना संक्रमणकाे सम्भावना बढेकाे भन्दै स्थानीयबाट व्यापक जनगुनासाे अाएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेकाे तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएकाे छ । पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे बेलबारी १ मा रहेकाे, साप्ताहिक हटियाहरु बन्द भएसँगै... पुरा पढ्नुहोस

कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ । सोमवारदेखि  कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । यसअघि नै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए ।... पुरा पढ्नुहोस

उपमेयरको नेतृत्वमा एक हप्ताभित्रै डाँगीहाटबासीले गरे अर्का वृद्धको पनि उद्वार

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि सहाराविहन भएका बेलबारीका ८० वर्षीय वृद्धा धिमाललाई बेलबारी नगरपालिकाकी उपमेयरको नेतृत्वमा स्थानीयवासीले उद्वार गरेका छन । बेलबारी नगरपालिका -११, लक्ष्मीमार्ग जुराहका ८० वर्षीय लेखिया धिमाललाई स्थानीयवासीकाे सहयाेगमा नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा उद्वार गरिएको हो । धिमाललाई उद्वार गरी विराटनगरमा रहेकाे मानसेवा आश्रममा लगिएकाे छ... पुरा पढ्नुहोस

बेलबारीका ८० र केराबारीका ३० बिपन्न परिवारलाई कांग्रेसले वितरण गर्यो राहत

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा नेपाली कांग्रेस बेलबारी १ वडा समितिले ८० घर परिवारलाई राहत वितरण गरेको छ । टोल बिकास समितिले छनौट गरेका अति विपन्न ८० घर परिवारलाई प्रति परिवार १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी,... पुरा पढ्नुहोस