गाउँ/समाज

खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा 

उत्तम पोख्रेल/ दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरशभा सम्पन्न भएको छ ।  दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण समन्धी ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरशभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने वाटो समेत खुलेको छ । त्यस्तै सार्वजनिक जग्गाहरुको... पुरा पढ्नुहोस

दर्ता तथा नविकरण गरेर ब्यबशाय गर्न बेलबारी नपाको आग्रह, अबैध भए काम कारबाही रोक्ने चेतावनी

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र संचालित संघ–संस्था तथा ब्यबशायहरु दर्ता तथा नवीकरण गरेर मात्रै संचालन गर्न आग्रह गरेको छ । नगरपालिका भित्र कतिपय ब्यबशाय तथा कतिपय संघ संस्थाहरु दर्ता नभई संचालन भइरहेको पाइएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। त्यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण हुने घर तथा भवनहरु आधिकारिक निकायवाट बनाउन... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा सम्पन्न भो नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी एकहप्ते तालिम

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजनामा फागुन २० गतेदेखि सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको हो । सात दिनसम्म सञ्चालन भएको तालिमको  गुडलक... पुरा पढ्नुहोस

मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाले गर्यो पाँचौं गाउँसभा

मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाको पाँचौं गाउँसभा गरेको छ । मोरङ क्षेत्र नं. १ ख का प्रेदश सभाका सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यता र केराबारी गाउँपालिका अध्यक्ष रोहितवहादुर कार्कीको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष शान्तिकुमारी लिम्बू (भूजेल) ले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । 'कृषि पर्यटन सहितको पूर्ण पूर्वाधार, समृद्ध केराबारी... पुरा पढ्नुहोस

धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण

ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा... पुरा पढ्नुहोस

महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम

'समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के... पुरा पढ्नुहोस

पिताकाे चाैरासीका दिन कबिरमा लक्ष्मणले स्थापना गरे तीन लाखको अक्षयकाेष

बेलबारी नगरपालिका वार्ड नं -२ लालभित्ती, माेरङ निवासी लक्ष्मणजङ्ग थापाले आफ्ना बुबाकाे ८४ औं  जन्मदिनमा विद्यालयमा ३ लाख बराबरकाे अक्षयकाेषकाे स्थापना गरेका छन् । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठान तथा गाेल्डेन फ्यूचरका अध्यक्ष समेत रहेका थापाले आईतबार पिता दिलबहादुर थापाकाे शुभ चाैरासीका दिन बेलबारी -२, लालभित्तीमा रहेकाे कविर माविमा "दिलबहादुर उमादेवी... पुरा पढ्नुहोस

पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती

भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ । आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र... पुरा पढ्नुहोस

कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका पत्रकारहरु मार्फत जुट्यो १ लाख ३६ हजार

ब्लड क्यान्सर पिडित मकालु टेलिभिजनका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका सञ्चारकर्मीहरुको पहलमा १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । शुक्रबार 'पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ' ले बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरी १ लाख २२ हजार ६ सय रुपैयाँ संकलन... पुरा पढ्नुहोस

श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडित पत्रकारलाई सहयोग गरे प्रहरी निरीक्षकले

बेलबारी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थिक सहयोग गरेका छन् । प्रहरी निरिक्षक बुढाथोकीले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग... पुरा पढ्नुहोस