प्रमुख
स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व
- 5 बर्ष, 5 महिना अगाडि
- २० फाल्गुन २०७६, मंगलवार
प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ । उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ । संजालमा... पुरा पढ्नुहोस
बेलबारीका मेयरको मुख्य पहलमा उत्तरी मोरङका ६ स्थानीय तहमा बिदेशी लगानीका योजना भित्रदै
- 5 बर्ष, 5 महिना अगाडि
- २० फाल्गुन २०७६, मंगलवार
उत्तरी मोरङका ६ वटा पालिकाहरुलाई समेटेर केहि ठुृला योजनाका काम अगाडि बढ्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले संयुक्त रुपमा फाहोर मैला ब्यबस्थापन, सौर्यउर्जा तथा दमकलको योजना अगाडि बढाएका छन् । बिदेशी लगानीमा तिन ठुला योजनाको काम अगाडि बढाइएको अन्तरपालिका समन्वय समितिका... पुरा पढ्नुहोस
बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल
- 5 बर्ष, 5 महिना अगाडि
- १९ फाल्गुन २०७६, सोमबार
सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस
मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको
- 5 बर्ष, 5 महिना अगाडि
- १९ फाल्गुन २०७६, सोमबार
बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन् । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस
भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका
- 5 बर्ष, 5 महिना अगाडि
- १८ फाल्गुन २०७६, आईतवार
मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव... पुरा पढ्नुहोस
बेलबारीमा शुरुभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव, मुख्यमन्त्रीद्वारा उद्घाटन
- 5 बर्ष, 5 महिना अगाडि
- १७ फाल्गुन २०७६, शनिबार
मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले... पुरा पढ्नुहोस
बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 5 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री... पुरा पढ्नुहोस
पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि सुन्दरहरैंचासहित उत्तरी मोरङमा खुशीयाली
- 5 बर्ष, 5 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरङको सुन्दरहरैंचास्थित गोठगाउँ सर्ने पक्का भएपछि उत्तरी मोरङका जनता उत्साहित भएका छन् । विश्वविद्यालय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएसँगै विश्वविद्यालयको प्रशासनिक काम गोठगाउँबाटै हुने सुुुुनिश्चित भएपछि उत्तरी मोरङ क्षेत्रका जनतामा उत्साह छाएको हो । उत्तरी मोरङमा पनि खासगरी बिश्वबिद्यालय रहने सुन्दरहरैंचा नगर क्षेत्रका... पुरा पढ्नुहोस
हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले
- 5 बर्ष, 5 महिना अगाडि
- १४ फाल्गुन २०७६, बुधबार
इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यक्तिहरुलाइ फिर्ता गरेको छ । हराएका मोबाइल खोजीका लागि परेका निवेदनको आधारमा प्रहरीले मोबाइल पत्ता लगाई सम्बन्धित धनीलाई मङगलबार जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले हस्तान्तरण गरेका हुुन् । हराएका मोबाइल रौतहट, वीरगन्ज, सिन्धुली, धनकुटा , उदयपुर, झापा, सिराहा सप्तरी र... पुरा पढ्नुहोस
नाङ्गो फोटो देखाएर बारम्बार ब्ल्याकमेलिङ गरिएपछि सुन्दरहरैचाकी एक महिलाले गरिन् आत्महत्या
- 5 बर्ष, 5 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
प्रेमको नाटक गरी नजिकिएको एक युवाले यौन सम्बन्धी भिडियो बनाएर ब्ल्याकमेलिङ गरी हैरान पारेका कारण मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिलाले आत्महत्या गरेकी छिन् । सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराईले नक्कली फेसबुुुक आइडी बनाएर ब्ल्याकमेलिङ गरेपछि प्रीती तिम्सिना (अधिकारी) ले आत्महत्या गरेकी हुन् । फाल्गुन ०८ गते अपरान्ह ३ बजे सुन्दरहरैचा ५ गौशालाकी १९ बर्षिया प्रीती... पुरा पढ्नुहोस