प्रमुख

पाथीभरा र हलेसी मन्दिर जाने योजना छ ? अब प्लेन चढेर पनि जान पाइने भो नि !

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि बिराटनगरबाट हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो । विराटनगर विमानस्थलबाट मंसिर तेस्रो सातादेखि हवाई  सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,... पुरा पढ्नुहोस

माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै  मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवाबाट रकम कुम्ल्याएर फरार भएकी  भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दि। कात्तिक तेस्रो... पुरा पढ्नुहोस

‘ब्लडमनी’ तिर्न नसक्दा साउदीमा मृत्युदण्ड कुर्दै राजकुमार, परिवारद्वारा सहयोगको याचना

रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई सात समुद्र पारीबाट नेपाल फर्काउने  प्रयासमा छिन् । आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने... पुरा पढ्नुहोस

बेलबारीस्थित अर्काको गोठमा बसेकी ‘अर्पणकी आमा’ भन्छिन् ‘पापीहरुबाट बचाउनोस् ‘

 २०७६ मंसिर २ गते एकाबिहानै ६ बजेतिर एक महिला मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको दैलो अगाडि पुगिन् । अनिँदो झैं लाग्ने निन्याउरो अनुहार, जिङ्ग्रीङ्ग परेको कपाल अनि उदास र बेसहारा अस्तो लाग्ने करिब ५० बर्ष जस्तो देखिने ती महिलासँग  उपमेयर पराजुलीले सोधखोज गरिन् । सोधखोजपछि थाहा... पुरा पढ्नुहोस

मोरङमा २१ हजार घुुस सहित अख्तियारको फन्दामा परे वडाध्यक्ष

सेवाग्राहीबाट घुस लिंँदा लिदै मोरङ जहदा गाउँपालिका १ का का.वा. वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छन् । अख्तियार अनुन्धान आयोग प्रदेश १ कार्यालय इटहरीको टोलीले साहलाई २१ हजार घुस सहित वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा... पुरा पढ्नुहोस

सिमा अतिक्रम विरुद्ध जागे बेलबारीका बासिन्दा पनि, सडकमा निस्केर बिशाल प्रदर्शन

बेलबारी, माेरङ/ भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतकाे भूमिलाई समेटेर नयाँ राजन‌तिक नक्सा सार्वजनिक गरेकाे विषयलाई लिएर मोरङ बेलबारीका बासिन्दा आन्दाेलित भएका छन् । युवा जागरण नेपालकाे सक्रियतामा भेला भएका विभिन्न पेसा व्यवसाय, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवाहरुले र्यालीकाे आयाेजना गरेर भारतकाे हेपाहा प्रवृतिविरुद्ध आवाज वुलन्ध पारेका हुन । "कालापानी हाम्राे... पुरा पढ्नुहोस

बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि

सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी  साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका  काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए । मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको... पुरा पढ्नुहोस

बेलबारीका ३० जना खेलाडीलाई तालिमका लागि बंगलादेश पठाउने तयारी, सहयोग जुटाइँदै

बेलबारी फुटबल क्लबको पहलमा मोरङ बेलबारीका फुटबल खेलाडीहरुलाइ प्रशिक्षणका लागि बंगलादेश पठाइने भएको छ ।  खेलको स्तरोन्नती गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी खेलाडीहरुलाइ बंगलादेश पठाइने भएको हो ।  खेलाडीहरुलाइ फुटबल तालिम गर्न बंगलादेश पठाउनको लागि विभिन्न ब्यक्ति संघ संस्था तथा निकायहरुबाट सहयोग जुटाउन थालिएको बेलबारी फुटबल... पुरा पढ्नुहोस

भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले गरे साहित्यिक खबरदारी

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले  साहित्यिक एबम सांगीतिक खबरदारी कार्यक्रम गरेका छन् । बेलबारी साहित्य बिकास समिति, श्रष्टा समाज बेलबारी  र बिराट साहित्य समाज सुन्दरहरैंचाको आयोजनामा बेलबारी ३ स्थित पश्चिम बस स्टेसन छेउमा 'श्रष्टा आवाज' कार्यक्रम भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी... पुरा पढ्नुहोस

शिक्षण अस्पताल निर्माणका लागि धनकुटामा उपयुुक्त ठहरिए तीनवटा जग्गा

 चार करोड रुपैयाँको प्रारम्भिक लागतमा पुर्वी पहाडी क्षेत्रकै सबैभन्दा ठूलो शिक्षण अस्पताल बनाउन धनकुटाका तीन स्थानका जग्गा छनौट गरिएको छ । धनकुटामा जग्गा सिफारिस गर्न बसेको सर्वपक्षीय सर्वदलिय बैठकले तीन स्थानहरु छनौट गरी सिफारिस गरेको हो । अस्पताल निर्माणका लागि रेशम खेती  विकास कार्यक्रमको ४७ रोपनी ,धनकुटाको त्रिवि स्वामित्वमा रहेको सामुदायिक... पुरा पढ्नुहोस