प्रमुख

सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब

कालापानी र लिपुलेक लगायत मुलुकभर  भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ । सुनसरीका दक्षिणबर्ति  सिमा क्षेत्रहरुमा भारतले भुमि  अतीक्रमण गरेको पाइएको हो  ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा... पुरा पढ्नुहोस

पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध

इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ । भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो । सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा... पुरा पढ्नुहोस

आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती

आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् । टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले  यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् ।  नगरपालिकाले... पुरा पढ्नुहोस

चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत

प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले... पुरा पढ्नुहोस

मोरङमा भेटिए नेपालकै सबैभन्दा होचा ब्यक्ति, स्थानीय तहले दिन थाल्यो अपांग भत्ता

विराटनगरका २१ वर्षका एक युवा देशकै होचो व्यक्ति भएको दाबी गरिएको छ ।  उचाइ ३१ इन्च मात्र भएका बिराटनगर –१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र छ । झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार... पुरा पढ्नुहोस

किन बेवास्ता गरेको भारतले नेपालका तीनवटा गाउँ नै हडप्दा पनि ? 

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सामा कालापानीमा हडपिएका कूटी, नावी र गुन्जी गाउँ भारततर्फ पारिएको छ । सुगौली सन्धिको धारा ५ अनुसार... पुरा पढ्नुहोस

को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?

जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।  मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ । जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा... पुरा पढ्नुहोस

सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस

कुन प्रदेशमा को बने प्रदेश प्रमुख, थाहा छ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको छनोट गरे अनुसार सरकारले प्रदेश प्रमुखहरुको टुंगो लगाएको  छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि ७ जनालाई प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो  । प्रदेश प्रमुख नियुक्त हुनेमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार... पुरा पढ्नुहोस

सुनसरी, पांँचथर र संखुवासभामा पनि चुनावी रन्को, कहाँबाट को बन्ने भए नेकपाका उम्मेदवार ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले आउँदो मंसिर १४ गते हुने उप-चुनावका लागि उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाको स्थानीय  कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा... पुरा पढ्नुहोस