प्रमुख

सुन्दरपुरमा खानेपानीको हाहाकार, जनता भन्छन् ‘चुनाव जिते, मन्त्री भए तर लालबाबु फर्केर आएनन्’

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्वाचन क्षेत्रमा पर्ने मोरङको सुन्दरहरैंचा ६ का बासिन्दा खानेपानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य भएका छन् । सुन्दरहरैंचा ६ स्थित बुद्ध स्कुल वरपर बस्तीको सिरान टोलका बासिन्दा बर्षौंदेखि खानेपानीको सास्ती झेल्न बाध्य भएका हुन् । करिब २२ घर रहेको सो टोलका सबैजसो घरमा भएका ट्युबवेलमा... पुरा पढ्नुहोस

पत्रकार महासंघको छुट्टै शाखा खोल्ने भए उत्तरी मोरङका पत्रकारहरुले

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन भेला भएका उत्तर पुर्वी मोरङका पत्रकारहरुले 'सरप्राइज' निर्णय गर्दै उत्तरी मोरङ सहित बिराटनगर बाहिरका पत्रकारहरुलाइ समेटेर पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा खोल्ने  निर्णय गरेका छन् । शुक्रबार बेलबारी, पथरी, उर्लाबारी, कानेपोखरी, विराटचौक, लेटाङ र केराबारी लगायतका  स्थानबाट बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउन मोरङको बेलबारीमा भेला भएका... पुरा पढ्नुहोस

धनकुटालाई प्रादेशिक राजधानी बनाउने पक्षमा मतदान गर्न धनकुटेलीहरुको आग्रह

धनकुटा /  धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन प्रदेश सांसदहरुलाई मदतान गर्न अनुरोध गर्दै धनकुटामा प्रचारात्मक र्याली र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन प्रदेश सभाका सम्पूर्ण ९३ जना सांसदहरुलाई प्रदेश नम्वर १ को राजधानी सम्पूर्ण हिसावले ज्यादै उपयुक्त रहेकोले धनकुटाको पक्षमा मतदान गर्न... पुरा पढ्नुहोस

राजमार्गमा गुड्ने सवारीको धुलोका कारण आक्रान्त छन् सुन्दरहरैंचाबासी

अघि अघि गाडी, पछि पछि धुलो । कहिले होला धुलो मुक्त शहर ? आज यो प्रश्नको उतर आम  सुन्दरहरैंचाबासीले खोजिरहेका छन् । सुन्दरहरैचा नगरपालिकाले छोएका दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका दुवैजना सांसदहरु केन्द्रिय सरकारका मन्त्री भएपनि स्थानीय जनताले उनीहरूबाट ल्याएका योजना र परिवर्तनको महसुस गर्न पाएका छैनन् । लालबाबु पण्डित र भानुभक्त... पुरा पढ्नुहोस

धनकुटामा नहुने भो प्रदेशको राजधानी, प्रदेशको सम्पर्क कार्यालय चाहिँ रहने

प्रदेश १ सरकारको मन्त्री परिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्न नसकिरहेको बेला मन्त्री परिषदले सो निर्णय गरेको हो । तत्कालका लागि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने ब्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले... पुरा पढ्नुहोस

एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक

मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि   ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको  अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा... पुरा पढ्नुहोस

धनकुटामा कोदालोको पासोले हानेर आफ्नै बाबुलाई मारे बालक छोराले

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बालक छोराद्धारा बाबुको हत्या भएको छ। सहिदभूमि गाउँपालिका ४ पिप्ले निवासी १४ वर्षीय बालक विज्ञान राईले शनिबार राति आफ्नै बुबा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजेतिर घरायसी विवादका कारण विज्ञानले उनका बुबालाई कोदालाको पासोले टाउकोमा प्रहार गरेको... पुरा पढ्नुहोस

पुर्वमा पनि लोकप्रिय बन्दै प्रि-फ्याब प्रबिधि, प्रि-फ्याबबाटै खोटाङमा बन्यो गाउँपालिका भवन

 खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ । खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो । हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र... पुरा पढ्नुहोस

गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग 

प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल  भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ । नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन... पुरा पढ्नुहोस

मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)

मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न... पुरा पढ्नुहोस