प्रमुख
बिदेशमा बस्ने एनआरएनहरुले पाउन थाले गैह्र आवासीय नेपाली नागरिकता
- 1 बर्ष, 2 महिना अगाडि
- ६ कार्तिक २०८०, सोमबार
सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गर्नुभयो । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन... पुरा पढ्नुहोस
ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि
- 1 बर्ष, 2 महिना अगाडि
- ४ कार्तिक २०८०, शनिबार
छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले जितेको छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले उछिन्दै ब्रिग्रेडले उपाधि जितेको हो । खेल सुरु भएको २ मिनेटमै अभिषेक गुरुङले गरेको गोल मार्फत बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो। ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले... पुरा पढ्नुहोस
बेलबारी गोल्डकपको फाइनलमा पुगे बिर्तामोड र ब्रिग्रेड ब्याइज
- 1 बर्ष, 2 महिना अगाडि
- ४ कार्तिक २०८०, शनिबार
अर्जुन काफ्ले, पथरी बिर्तामोड युनाइटेड झापा मोरङमा जारी बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपको फाइनलमा प्रबेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा सहलेसलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । सडनडेथमा कोमल खवास गोल गर्न चुक्दा सहलेस पराजित भएको हो । सडनडेथमा बिर्तामोडका जीवन गुरुङले... पुरा पढ्नुहोस
आयोजकलाइ ३-० ले हराउँदै बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा
- 1 बर्ष, 2 महिना अगाडि
- २ कार्तिक २०८०, बिहीबार
बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई ३-० गोलले हराउँदै बिग्रेड ब्वाईज क्लब फाईनलमा पुगेको छ । बिहीबार भएको खेलको चौथो मिनेटमै राजु लोप्चनको गोलमा डाँगीहाटले खेलमा अग्रता लिएको थियो । लोप्चनले मौसम लिम्बूको ब्याक फिलिक किकको सदुपयोग... पुरा पढ्नुहोस
नोबेलको निःशुल्क मुटु परीक्षण अभियान चल्दै, ६६ जनाको मुटु परीक्षण
- 1 बर्ष, 2 महिना अगाडि
- २ कार्तिक २०८०, बिहीबार
स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिराटनगरस्थित बैजनाथपुर स्वास्थ्य चौकीसँगको सहकार्यमा कार्तिक १ गते बुधबार निःशुल्क मुटु परीक्षण शिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. शुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण गरेको... पुरा पढ्नुहोस
मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल
- 1 बर्ष, 2 महिना अगाडि
- १ कार्तिक २०८०, बुधबार
अस्पताल विकास समितिको बैठकले धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी थप गुणस्तरीय सेवा प्रदान गर्दै जाने निर्णय गरेको छ । धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गरी अझ राम्रो, थप गुणस्तरीय र व्यवस्थित... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलमा
- 1 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
बेलबारी गोल्डकपको तेस्रो खेलमा राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलम मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा मंगलबार भएको तेस्रो खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई सडनडेथमा ५–४ गोलले हराउँदै बिग्रेड ब्वाइज क्लब काठमाडौं अन्तिम चारमा प्रवेश गरेको छ । निर्धरित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुबै... पुरा पढ्नुहोस
३० बर्ष पुरानो सामुदायिक साकोसको २१ औं साधारणसभा
- 1 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
केराबारीको सबैभन्दा जेष्ठ संस्थाको रुपमा रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। बिक्रम संवत् २०५१ सालमा स्थापित संस्थाले डेढ दर्जन वढी सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्दै २१ औं साधारण सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्व एवं गाउँपालिका प्रमुख सुमन... पुरा पढ्नुहोस
मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार
- 1 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०८०, मंगलवार
असोज २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले १० जनाको उद्धार गरेको छ । आनी छोइङ डोल्मा फाउण्डेसनको सहकार्यमा सडकका बेसहाराहरुको उद्वार गर्न काकट्भिट्टाबाट यात्रा सुरु गरेको टोलीले सुरुङगा क्षेत्रसम्म आईपुग्दासम्म १० जना व्यक्तिको उद्धार गरेको हो । ३ जना महिला, ६ जना पुरुष र... पुरा पढ्नुहोस
बेलबारी गोल्डकपको दोस्रो खेलमा भारतलाई हताउँदै सिराहा बिजयी
- 1 बर्ष, 2 महिना अगाडि
- २९ आश्विन २०८०, सोमबार
बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार युकेएफसी भारतलाई लज्जास्पद हार चखाउँदै सलहेस युवा क्लब सिराहा बिजयी भएको छ । सहलेशका लागि ४-० को नतिजा निकाल्ने क्रममा वान भर्सेर वानमा फैजलले २४ मिनेटमा,फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेट विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र... पुरा पढ्नुहोस