प्रमुख

सुकुना क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमण, अस्पताल भर्ना

सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि चिर्पट प्रहार भएको छ । लिम्बूमाथि क्याम्पसको गेटनजिकै शुक्रबार चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको  विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बुलाई सोही... पुरा पढ्नुहोस

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। पुरा पढ्नुहोस

एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस

भुस्याहाहरुको संख्या घटाउन धनकुटा बजार क्षेत्रका ७५ कुकुरहरुको परिवार नियोजन

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण धनकुटा बजार क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने... पुरा पढ्नुहोस

हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको... पुरा पढ्नुहोस

व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका... पुरा पढ्नुहोस

बेलबारी हत्याकाण्डको १८ वर्ष : न पीडितलाई न्याय, न घटनाका दोषीलाई कारबाही

अम्बिका भण्डारी  “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ” भन्ने  एउटा नेपाली उखान छ, तर बाह्र बर्ष त के कुरा १८ बर्षमा पनि फर्केन ।  मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १८ बर्ष बितिसकेको छ । तर न त मृतक ७ जनाका परिवारसहित पिडितले न्याय नै पाएका छन्... पुरा पढ्नुहोस

पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु

बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन । पक्राउ उनीहरुलाई... पुरा पढ्नुहोस

काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

काँकडभिट्टादेखि लौकहीसम्मको कुल ९६ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गर्न सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि शुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईइबी)को कुल ४६ अर्ब रुपैयाँ लागत पूर्वपश्चिम राजमार्ग विस्तार गर्न योजना अनुसार हाल दुई... पुरा पढ्नुहोस

सांसद सुनिल शर्मा नेतृत्वको डाक्टरहरुको स्वास्थ्य टोली रुकुममा

ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पश्चिमका दुर्गम जिल्लाहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त... पुरा पढ्नुहोस