प्रमुख

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने निर्णयको बिरोध, निर्णय सच्याउन माग

प्रेस सेन्टर नेपालले संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति  गम्भीर आपत्ति प्रकट गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि... पुरा पढ्नुहोस

विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति

प्रज्ञा प्रतिष्ठान ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति गठन गरेको भन्दै ब्यापक आलोचना भए पनि बेलबारी नगरपालिकाले त्यही समिति बिस्तार गरेको छ । कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गरिएको भन्दै  बेलबारीका पुराना श्रष्टा, लेखक र साहित्यकारहरु बिरोधमा... पुरा पढ्नुहोस

बेलबारी प्रज्ञा प्रतिष्ठानबारे श्रष्टा, लेखक र साहित्यकारको बिरोध, नगरपालिकाद्वारा बचाउ

बेलबारी नगरपालिकाले आफैंले बनाएको ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरेपछि बेलबारीका पुराना श्रष्टा तथा लेखक र साहित्यकारहरु बिरोधमा उत्रिएका छन् । प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदान गरेका श्रस्टाहरुलाइ समेट्नुको सट्टा दलीय भागबन्डालाई आधार... पुरा पढ्नुहोस

खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस

दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग

दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा  बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु... पुरा पढ्नुहोस

झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन

इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,... पुरा पढ्नुहोस

रातमाटेका जनता भन्छन् -‘एमसीसीले हाम्रो जग्गा जवर्जस्ती लग्यो’

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदानबाट बन्ने विद्युत प्रसारण लाइनको रातमाटे सवस्टेशनका लागि स्थानीयको जग्गा एमसीए नेपालले ‘जवर्जजस्ती’ हडपेको नुवाकोटका प्रभावितहरुले आरोप लगाएका छन् ।  रातमाटेमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सवस्टेशनका लागि भन्दै ३९७ रोपनी जमीन अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणबाट नुवाकोटको बेलकोटगढी नगरपालिका... पुरा पढ्नुहोस

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन सच्याउन प्रगतिशील लेखक संघ प्रदेश समितिको माग

प्रगतिशील लेखक सङ्घ, नेपाल प्रदेश १ समितिले सरकारले हालै जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७९ का केही प्राबधानहरु सच्याउन माग गरेको छ । प्रगतिशील लेखक संघ प्रदेश समिति तर्फ अध्यक्ष तिला लेकालीले एक बिज्ञप्ति प्रकाशित गरी ऐनका केही प्राबधानहरुप्रति असहमति जनाएकी हुन् । बिज्ञप्तिमा ऐनको परिच्छेद १ धारा २... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ स्थित संस्थाकै कार्यालय परिसरमा विभिन्न कार्यक्रम गरी साधारणसभा गरिएको हो । संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको संचालन माधव राज थापाले गरेका थिए । बार्षिक साधारणसभाको... पुरा पढ्नुहोस

‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ नामक पुस्तक सार्वजनिक

आदिवासी जनजातिका रहनसहन र परम्परा एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक "बेलबारीका आदिवासी जनजाति पाइलाहरु" सार्वजनिक गरिएको छ । आदिवासी जनजाति महासंघ बेलबारीले स्थापना २०६२ देखि २०७८ सालसम्म भए गरेका काम, गतिविधि तथा जातजातिका बिषयमा प्रकाशन गरेको पुस्तक सार्वजनिक गरिएको हो । बेलबारी ३ स्थित नेपाल आदिवासी जनजाति सभाहलमा बिहीबार... पुरा पढ्नुहोस