प्रमुख

बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ । बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका... पुरा पढ्नुहोस

स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रमै : उपचार खर्च तिर्न नसक्दा अस्पतालमै कुहिन लाग्यो शब

मोरङको विराटनगर अस्पतालले उपचारका क्रममा मृत्यु भएका पथरी शनिश्चरेका दिपक लिम्बुको शवलाई फोहोरमैला राख्ने स्थलमा फालिदिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दीपक लिम्बूको शबलाइ अस्पतालले बेवारिसे बनाएर फालेको हो । छिमेकी तीनजनाको कुटपिटबाट घाइते भएका उनलाई अघिल्लो हप्ता बिराटनगर अस्पतालमा लगिएको थियो । उपचार गराउँदा गराउँदै चैत... पुरा पढ्नुहोस

जनताका घरघरमा अति आवश्यक खाध्यान्न पुर्याउदै बेलबारी नगरपालिकाको वडा नम्बर १

बेलबारी, माेरङ/ काेरानाकाे प्रकाेपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेकाे लकडाउनमा स्थानीयवासीलाई खाध्यान्नकाे अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले हाेम डेलिभरी गर्ने कार्यकाे सुरुवात गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं -१ ले बिहीबारदेखि साे व्यवस्था गरेकाे हो । सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्ताे विकट परिस्थितिमा पनि खाध्यान्नकाे... पुरा पढ्नुहोस

कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

सुन्दरहरैंचा का ४ जना युवाहरु बिदेशबाट फर्केको र उनीहरू फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएको हल्लाले मंगलबार दिनभर खासगरी सुन्दरहरैंचा क्षेत्रमा ठुलै आतंक छायो । यो हल्ला जताततै छाएपनि उनीहरु को हुन् भन्ने कमैलाइ मात्रै थाहा थियोे । जताततै आतंक छाउनुको मुख्य कारण पनि यही... पुरा पढ्नुहोस

काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी

बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी  ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग्ने गरी संस्थासँग भएकाे एम्बुलेन्स सेवा निशुल्क उपलव्ध गराउने भएकाे छ । बेलबारी नगरपालिका र आसपासका नगरपालिकाका काेराेनाबाट संक्रामित नागरिकलाई अस्पताल लैजान... पुरा पढ्नुहोस

सलकपुरमा राजमार्ग किनारकै पाँचतले घर दिँदा पनि कसैले बनाउन खोजेनन् क्वारेन्टाइन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङ सुन्दरहरैचाका युवराज पौडेलले आफ्नो भर्खरै निर्माण भएको ५ तले घर क्वारेन्टाइनका लागि सरकारलाई दिने निर्णय गरेको एक हप्ता पुग्न लाग्दा पनि कुनै निकायले चासो देखाएका छैनन् । मोरङ सुन्दरहरैचा ९ सलकपुरका युवराज पौडेलले चैत ६ गते कोरोनाको क्वारेन्टाइनका... पुरा पढ्नुहोस

तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार 

नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस

कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार

विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ । बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो । आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ... पुरा पढ्नुहोस

शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान

नेपालको राष्ट्रब्यापी शारिरिक सुगठन प्रतियोगितामा गोल्ड मेडलिष्ट मनोज सुवेदीलाई एक कार्यक्रमविच सम्मान गरिएकाे छ । बेलबारी -३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कले बिहीबार  उनलाई सम्मान गरेकाे हाे । बेलबारी ३ का मनाेजले शनिबार धरानमा आयोजित प्रतियोगितामा ६५ केजी तौल समुहमा गोल्डमेडलिष्ट र समग्रमा चौथो भएका थिए । सम्मान कार्यक्रममा उनले १५... पुरा पढ्नुहोस

टाँडी र श्रीलंकामा बने चार सय बेडका क्वारेन्टाईन, कोरोनाको शंका भए त्यहीँ उपचार गराइने

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेस नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना तथा निर्माण  गरिएको छ । प्रदेश १ सरकारको निर्णय अनुसार नेपाली सेनासँगको सहकार्यमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङस्थित टाँडीमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा कोरोना संक्रमणका आशंका... पुरा पढ्नुहोस