प्रमुख
बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नपालाइ सुनिल शर्माको सहयोग, छुट्यो कानेपोखरी
- 4 बर्ष, 6 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
केशु विरही, बेलबारी, माेरङ / नाेवेल मेडिकल कलेज विराटनगरका संचालक डा. सुनिल शर्माले उत्तरी मोरङका तीनवटा स्थानीय तहहरुलाइ कोरोनाको रोकथाम तथा उपचारका लागि जम्मा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माले बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिकालाई ३० लाख रुपैयाँ सहयोग गरेका हुुन् । बेलबारी नगरपालिकाकाे सभाहलमा विहिबार एक कार्यक्रमकाे... पुरा पढ्नुहोस
सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत
- 4 बर्ष, 6 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस
खाजा खर्च कटाएर विद्यार्थीले जम्मा गरेको १ लाख १ हजार कोरोना विरुद्धको अभियानमा
- 4 बर्ष, 6 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पछिल्लोपटक झण्डै १० लाख रुपैयाँ थपिएको छ । इटहरीकै पूरानो स्कुल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपयाँबाट १ लाख १ हजार रकम कोरोनाको महामारी विरुद्धको अभियानका लागि खर्च गरिएको छ । इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा सो रकम हस्तान्तरण... पुरा पढ्नुहोस
कोरोना विरुद्ध खटिनेहरुको ५० लाखको बिमा गर्दै प्रदेश १ सरकार, सञ्चारकर्मीहरुलाई उपेक्षा
- 4 बर्ष, 6 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
प्रदेश नं १ को सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको ५० लाखको बिमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा... पुरा पढ्नुहोस
२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले
- 4 बर्ष, 6 महिना अगाडि
- २५ चैत्र २०७६, मंगलवार
बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो... पुरा पढ्नुहोस
अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा
- 4 बर्ष, 6 महिना अगाडि
- २५ चैत्र २०७६, मंगलवार
बेलबारी, माेरङ/ काेराेना दाेश्राे चरणमा प्रवेस गरेकाे भन्दै सरकारले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेसबाट अर्काे प्रदेस आवत जावतमा वन्देज गर्ने बताईरहँदा स्थानीय बासिन्दा आफैंले गाउँगाउँमा एक टाेलबाट अर्काे टाेलमा ढाट लगाउन थालेका छन् । बेलबारी नगरपालिका वार्ड नं -२ अन्तरगतका आदर्शटाेल, कविरटाेल, त्रिवेणी टाेल लगायतका स्थानीयवासीले आ-आफ्नाे टाेलमा जाने... पुरा पढ्नुहोस
यो महाबिपत्तिमा किन हराए अरबौं बजेट भएका एनजिओ र आइएनजिओहरु ?
- 4 बर्ष, 6 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
नेपालीको जीवनस्तर उकास्ने भनेर नेपालमा ५१ हजार गैरसरकारी संस्था छन् । तीमध्ये अधिकांश संस्था स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय छन् । तर, विपतको यो वेला ती संस्था कहाँ छन् ? स्वास्थ्य मन्त्रालय भन्छ, ‘कोरोनाको चर्चा चल्न थालेपछि सम्पर्कमा छैनन् ।’ समाज कल्याण परिषद्मा मात्रै ५१ हजार गैरसरकारी (एनजिओ) र दुई सय ३४ अन्तर्राष्ट्रिय... पुरा पढ्नुहोस
घर घरमा राहत पुर्याउदै बेलबारी नगरपालिका, एकैदिन १ हजार ७ सय ६२ परिवारले पाए राहत सामग्री
- 4 बर्ष, 6 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले लकडाउनका कारणले हातमुख जाेर्न समेत धाैधाै परिरहेका जनतालाई राहत वितरण शुरु गरेको छ । बेलबारी नगरपालिकाका ६ वटा वडाहरुबाट आइतबार राहत बितरण सुरु गरिएकाे हो । आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा राहत वितरण गरिएको छ । आइतवार साढे १७... पुरा पढ्नुहोस
इटहरीमा सयभन्दा बढी स्वास्थ्यकर्मीले वेलायतका डक्टरबाट लिए कोरोनाको प्रशिक्षण
- 4 बर्ष, 6 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
वेलायतका डक्टरहरुले इटहरी लगायत विभिन्न क्षेत्रका सयभन्दा बढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाइ भर्चुअल प्रशिक्षण दिएका छन् । इटहरी उपमहानगरको पहलमा कोभिड १९ का वारेमा वेलायतका डक्टरहरुको समूह रेप्सिनद्धारा भर्चुअल सम्मेलन गरिएको हो । सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमद्धारा इटहरी लगायत देशका विभिन्न ठाँउका सय वढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।... पुरा पढ्नुहोस
इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ब्यबशायीबाट थपियो १५ लाख बढी
- 4 बर्ष, 6 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा विभिन्न दाताहरुले १५ लाखभन्दा बढी सहयोगको घोषणा गरेका छन् । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरि टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख,... पुरा पढ्नुहोस