प्रमुख

धनकुटाको एक उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति, उबासंघद्धारा सहयोगको अपिल

‍‍धनकुटा नगरपालिका वडा नं. ७ स्थित बहुमुखी पाठशाला उद्योगमा सोमबार विहान भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा सोमबार विहान २ बजे तिर आगलागी हुँदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन, साउण्ड सिष्टमका समाग्रीहरु, हेचरी मिसिन, सवै जात... पुरा पढ्नुहोस

गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार

‍पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको... पुरा पढ्नुहोस

बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् । शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् ​। धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा... पुरा पढ्नुहोस

आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग

‍आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडितका परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत सामग्री वितरण गरेको छ । धनकुटा नगरपालिका वडा नं. ६ का ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघलेे राहत सामग्री दिएको हो... पुरा पढ्नुहोस

ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास... पुरा पढ्नुहोस

रहेनन् कांग्रेस नेता तथा सुशीलका भाइ अशोक कोइराला

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार राति बिराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको थियो । कोइराला पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।... पुरा पढ्नुहोस

‍बेलबारी खानेपानीको नेतृत्वका लागि ठुलै राजनीति, कांग्रेस र एमालेका उम्मेद्वार भिड्दै

‍बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ । कार्यकाल सकिएको लामो समय भइसक्दा पनि साधारणसभा गर्न नसकेको भनी आलोचना खेपिरहेको संस्थाको यही चैत ७ गते हुने चुनावी साधारणसभामा निर्बाचन नै हुने भएको छ । खानेपानी संस्थाको... पुरा पढ्नुहोस

९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार

‍सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस

तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण

विदेशबाट फर्किएका, दलित तथा  स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उद्यम अर्थात... पुरा पढ्नुहोस

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस