प्रमुख

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस

केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन

‍मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ  केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा... पुरा पढ्नुहोस

उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् । कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ... पुरा पढ्नुहोस

एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड

‍नोबेल शिक्षण अस्पतालका डा. रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ ।... पुरा पढ्नुहोस

छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन... पुरा पढ्नुहोस

उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो । सामान्य... पुरा पढ्नुहोस

नेकपा धनकुटाको अपील : उता गएर काम छैन, थपक्क यतै फर्कनोस्

‍प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आब्हान गरेको छ । जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले जारी गरेको विज्ञप्तीमा सो आब्हान गरिएको हो । विज्ञप्तीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष... पुरा पढ्नुहोस

जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सम्मान तथा सहयोग गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा तथा न्यानो कपडा बितरण गरेको छ । नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर... पुरा पढ्नुहोस

धनकुटामा बहुमतवाला नेकपाको जिल्ला तथा पालिका कमिटीहरु पुनर्गठन

‍धनकुटामा प्रचण्ड नेपाल नेतृत्वको नेकपा जिल्ला कमिटी पुनर्गठन गरिएको छ। पूर्व एमाले र पूर्व माओवादी एकता भइ बनेको नेकपाको जिल्ला कमिटीका अध्यक्ष र केही सदस्यहरु ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी सपथ ग्रहण गराइएको हो। यसअघि अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा... पुरा पढ्नुहोस

बराहक्षेत्रमा नोबेलको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको जांच तथा उपचार

नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका... पुरा पढ्नुहोस