प्रमुख

धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै

ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ । नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। ‘महालक्ष्मी नगरबासीको छुट्टै... पुरा पढ्नुहोस

बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधि, खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने

मोरङको सुनबर्षी  मेयर कप फुटवल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको हो । जितसँगै बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका छन् । खेलको... पुरा पढ्नुहोस

अत्याबश्यक सामग्रीको कृतिम अभाव हुन नदिन बजार अनुगमन गर्दै बेलबारी नगरपालिका

बेलबारी, माेरङ/ बजारमा अत्याबश्यक सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले बजारको अनुगमन गर्न थालेकाे छ । मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न ग्याँस डिलर, मेडिकल पसल, पेट्राेल पम्प लगायतको अनुगमन गरी बिक्री बितरण सहज बनाउन व्याबसायीहरुसँग आग्रह समेत गरेको थियो... पुरा पढ्नुहोस

टांँडी र श्रीलंकामा प्रदेश १ सरकारले बनाउनेभो एक हजार क्षमताका क्वारेन्टाइन

ईश्वर थापा, धनकुटा । प्रदेश १ सरकारले कोरोना भाइरसको पूर्व तयारीको लागि मोरङको टांँडी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।       प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो जानकारी दिएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तेह्रथुमको बसन्तपुरमा... पुरा पढ्नुहोस

सहारा र ह्याविटेड नेपालको सहकार्यमा बिपन्नलाइ सयवटा घर बनाइदिँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले गरिव तथा असहाय १ सय परिवारलाई घर बनाईदिन सुरु गरेको छ । सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घर बनाइदिन थालेको हो । आइतवार एक कार्यक्रमका विच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका छन् । पाँचवटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले... पुरा पढ्नुहोस

कागती खेतीबाट बार्षिक १५ लाख आम्दानी गर्दै मोरङ जाँतेका कृषक

लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । तीन  विगाहमा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपयाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि तीन बर्षयता वार्षिक १५ लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ... पुरा पढ्नुहोस

धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

धनुषाका दुई यूवामा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ । धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ । दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । जिल्ला... पुरा पढ्नुहोस

चाहे जेसुकै होस् , चार महिनासम्म धनकुटेलीहरुलाइ छैन रे टेन्सन !

धनकुटा जिल्लावासीहरुलाई चार महिनासम्म पुग्ने दैनिक उपभोग्य सामाग्रीहरु स्टक (मौज्दात) रहेकाले संमयित हुन सवैमा धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ । कोरोना भाईरसको त्रासका कारण खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको संकट हुने सक्ने हल्लाले उपभोक्ताहरु त्रसित भएको भएपनि धनकुटा जिल्लावासीहरुलाई ४ महिनासम्म पुग्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु तथा... पुरा पढ्नुहोस

दर्ता तथा नविकरण गरेर ब्यबशाय गर्न बेलबारी नपाको आग्रह, अबैध भए काम कारबाही रोक्ने चेतावनी

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र संचालित संघ–संस्था तथा ब्यबशायहरु दर्ता तथा नवीकरण गरेर मात्रै संचालन गर्न आग्रह गरेको छ । नगरपालिका भित्र कतिपय ब्यबशाय तथा कतिपय संघ संस्थाहरु दर्ता नभई संचालन भइरहेको पाइएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। त्यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण हुने घर तथा भवनहरु आधिकारिक निकायवाट बनाउन... पुरा पढ्नुहोस

मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाले गर्यो पाँचौं गाउँसभा

मोरङका स्थानीय तहहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाको पाँचौं गाउँसभा गरेको छ । मोरङ क्षेत्र नं. १ ख का प्रेदश सभाका सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यता र केराबारी गाउँपालिका अध्यक्ष रोहितवहादुर कार्कीको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष शान्तिकुमारी लिम्बू (भूजेल) ले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । 'कृषि पर्यटन सहितको पूर्ण पूर्वाधार, समृद्ध केराबारी... पुरा पढ्नुहोस