गाउँ/समाज
केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)
- 2 बर्ष, 5 महिना अगाडि
- २५ चैत्र २०७८, शुक्रबार
मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् । चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो । बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक... पुरा पढ्नुहोस
इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार
- 2 बर्ष, 5 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस
सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ
- 2 बर्ष, 6 महिना अगाडि
- २९ फाल्गुन २०७८, आईतवार
मोरङको सुन्दरहरैचा–७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भयो । सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का... पुरा पढ्नुहोस
सुरुङ्गामा नोबेलको स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार
- 2 बर्ष, 6 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो । कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १ हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका... पुरा पढ्नुहोस
केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने
- 2 बर्ष, 6 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
मोरङ केराबारीमा पनि राष्ट्रिय भुमि आयोगको सेवा कार्यालय स्थापना भएको छ। भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले भुमि आयोगको सेवा केन्द्र स्थापना गरिएको हो । यसै हप्ता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला लगायतले कार्यालयको उद्घाटन गरेका छन् । सेवा केन्द्रको उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष केशव... पुरा पढ्नुहोस
मोरङ सुन्दरहरैँचामा छोरीहरुले गरे आमाको काजकिरीया
- 2 बर्ष, 6 महिना अगाडि
- १९ फाल्गुन २०७८, बिहीबार
मोरङको सुन्दरहरैँचा ४ का तीनजना छोरीहरू आमाको काजकिरियामा बसेका छन । हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) काजकिरियामा बसेका हुन् । ती दिदिबहिनीहरुले कोराभित्र किरिया बसेर आमालाई दागबत्ती दिने काम समेत गरेका छन् । अविवाहित दिपा... पुरा पढ्नुहोस
लेटाङमा स्कुलबाट फर्कँदै गरेकी बालिकाको बलात्कारपछि हत्या
- 2 बर्ष, 6 महिना अगाडि
- १४ फाल्गुन २०७८, शनिबार
मोरङको लेटाङमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । लेटाङ ८ जाते बजारमा रहेको जाते मा.बि.मा अध्ययनरत ११ बर्षिय करुणा राईको बलात्कारपछि हत्या भएको हो । तीन दिन अघिदेखि बिद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी राईलाई शुक्रबार बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो । करुणाको... पुरा पढ्नुहोस
तीन संस्थाको आयोजनामा केराबारीमा रक्तदान, १ सय ९ प्रिन्ट रगत संकलन
- 2 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७८, शुक्रबार
सामुदायिक साकोस केराबारी, खदम हिल साकोस केराबारी तथा मोरङ्ग सुनसरी सेवा समाज नेपालको आयोजनामा फागुन १२ गते केराबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट १ सय ९ पिन्ट रगत संकलन भएको संयुक्त रक्तदान आयोजक समिति... पुरा पढ्नुहोस
एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति
- 2 बर्ष, 6 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
मोरङ केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर... पुरा पढ्नुहोस
साढे तीनसय बृद्धबृद्धाहरुलाई सिरक बितरण गर्दै महालक्ष्मी नगरपालिका
- 2 बर्ष, 7 महिना अगाडि
- १ फाल्गुन २०७८, आईतवार
धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । नगरपालिकाले जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने अभियान थालेको हो । महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । शुक्रबार पहिलो दिन वडा नं.७ का १० जनालाई... पुरा पढ्नुहोस