ताजा अपडेट

काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी

बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी  ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग्ने गरी संस्थासँग भएकाे एम्बुलेन्स सेवा निशुल्क उपलव्ध गराउने भएकाे छ । बेलबारी नगरपालिका र आसपासका नगरपालिकाका काेराेनाबाट संक्रामित नागरिकलाई अस्पताल लैजान... पुरा पढ्नुहोस

सलकपुरमा राजमार्ग किनारकै पाँचतले घर दिँदा पनि कसैले बनाउन खोजेनन् क्वारेन्टाइन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङ सुन्दरहरैचाका युवराज पौडेलले आफ्नो भर्खरै निर्माण भएको ५ तले घर क्वारेन्टाइनका लागि सरकारलाई दिने निर्णय गरेको एक हप्ता पुग्न लाग्दा पनि कुनै निकायले चासो देखाएका छैनन् । मोरङ सुन्दरहरैचा ९ सलकपुरका युवराज पौडेलले चैत ६ गते कोरोनाको क्वारेन्टाइनका... पुरा पढ्नुहोस

बेलबारी जेसिजले बितरण गर्यो कोरोना सम्बन्धी पठन सामाग्री

बेलबारी, माेरङ/ बेलबारी जेसिजले विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाईरसबाट बच्नका लागि बेलबारीका ११ वटै वडामा सन्देशमूलक पठन सामाग्री बितरण गरेको छ । बेलबारीबाट प्रकासन हुने एकमात्र राष्ट्रिय दैनिक "बेतना दैनिक" सँगको सहकार्यमा तयार पारिएको पठन सामाग्री सोमबार बिहान बेलबारी १ मा आयोजित एक कार्यक्रममा बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले... पुरा पढ्नुहोस

तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार 

नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस

नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ प्रबिधि, अनुहार हेरेर मेसिनले नै गरिदिन्छ हाजिरी

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले... पुरा पढ्नुहोस

कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार

विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ । बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो । आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ... पुरा पढ्नुहोस

प्रदेश सांसद ओझाद्वारा बेलबारी नगर क्षेत्रमा संचालन भइरहेका योजनाहरुको अनुगमन

प्रदेश सांसद राजकुमार ओझाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत बेलबारी नगरभित्र संचालन भईरहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् । बेलबारी नगरपालिकास्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण योजनाका कार्यको... पुरा पढ्नुहोस

सार्वजनिक भो कवि बादल चाम्लिङकाे कृति ‘वीर्य जमिन’

बेलबारी, माेरङ/ स्रष्टा समाज बेलबारीले एक कार्यक्रमविच कवि बादल चाम्लिङकाे कविता कृति "वीर्य जमिन"काे सार्वजनिक गरेकाे छ । बेलबारी -३, मा रहेकाे ड्रिमल्याण्ड फन पार्ककाे सभाहलमा शुक्रबार आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमख एवम् स्रष्टा ढाकाकुमारी पराजुली, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, भाषाविद एवम् स्रष्टा आचार्य "अ"ले संयुक्त रुपमा कविता... पुरा पढ्नुहोस

मेयर कपका बिजेता खेलाडीलाई जनही पाँच हजार सहित बेलबारी नगरपालिकाले गर्यो सम्मान

मोरङको सुनबर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई बेलबारी नगरपालिकाले सम्मान गरेको छ । बिहिवारको कार्यपालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजार तथा अविर र खादा लगाएर नगरपालिकाले सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । मगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य... पुरा पढ्नुहोस

शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान

नेपालको राष्ट्रब्यापी शारिरिक सुगठन प्रतियोगितामा गोल्ड मेडलिष्ट मनोज सुवेदीलाई एक कार्यक्रमविच सम्मान गरिएकाे छ । बेलबारी -३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कले बिहीबार  उनलाई सम्मान गरेकाे हाे । बेलबारी ३ का मनाेजले शनिबार धरानमा आयोजित प्रतियोगितामा ६५ केजी तौल समुहमा गोल्डमेडलिष्ट र समग्रमा चौथो भएका थिए । सम्मान कार्यक्रममा उनले १५... पुरा पढ्नुहोस