ताजा अपडेट
दलीय भागबण्डाका आधारमा बन्यो बेलबारी क्याम्पसको सञ्चालक समिति, परेनन् महिला
- 8 महिना, 27 दिन अगाडि
- २२ आश्विन २०८१, मंगलवार
एकजना पनि परेनन् महिला मोरङ बेलबारी मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा पनि दलीय भागबण्डाबाट नयाँ समिति चयन भएको छ । अध्यक्ष सहित ३ जना एमाले, कोषाध्यक्ष सहित ४ जना काँग्रेस र उपाध्यक्ष सहित ३ जना माओबादीको भागमा पर्नेगरी भागबन्डा गरेर समिति बनाइएको हो । सामाजिक क्षेत्रमा सक्रिय एकजनालाई सदस्य बनाईएको... पुरा पढ्नुहोस
केराबारीमा क्रसरको खाल्डोमा डुबेर दुइ नाबालकको मृत्यु, पैसा दिने शर्तमा घटना गुपचुप
- 8 महिना, 30 दिन अगाडि
- १९ आश्विन २०८१, शनिबार
मोरङको केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसिङ इण्डष्ट्रिजको खाल्डोमा डुबेर नाबालक दाजुभाइको मृत्यु भएको घटना पैसा दिने सर्तमा गुपचुप पारिएको छ । क्रसर परिसरको खाल्डोमा जमेको पानीमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको बिहीबार मृत्यु भएको थियो । क्रसरको चरम लापर्बाहीले एउटै परिवारका... पुरा पढ्नुहोस
विशेष सहुलियतमा स्तन क्यान्सरको पूर्ण उपचार गराउँदै नोबेल
- 8 महिना, 30 दिन अगाडि
- १९ आश्विन २०८१, शनिबार
विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको अक्टोवर महिनाभरी स्तन क्यान्सरको उपचारमा विशेष छुट वा सहुलियतमा उपचार प्रदान गर्ने भएको छ । विश्वभर महिलामा हुने क्यान्सरहरू मध्ये पहिलो नम्बरमा पर्ने स्तन क्यान्सरको सुलभ र सहज उपचारका लागि नोबेलले विशेष छुटको सुविधा ल्याएको हो ।... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसको २२ औं साधारण सभा
- 9 महिना अगाडि
- १८ आश्विन २०८१, शुक्रबार
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ को लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ। वडा नम्बर ०२ को बुद्ध चोकमा मुख्य कार्यालय रहेको उक्त संस्थाको साधारणसभा नर्वदेश्वर शिवालयको सभा हलमा बिहीबार समापन भएको हो। कुल ३ हजार ३ सय ५२ जना सेयर... पुरा पढ्नुहोस
धानखेतमा कुन पापीले मारेर फालेछ कुन्नि नाबालकलाइ !
- 9 महिना, 1 दिन अगाडि
- १७ आश्विन २०८१, बिहीबार
मोरङको बेलबारी नगरपालिका–८ बरियातीझारस्थित धानखेतमा बिहीबार १ जना नाबालकको शव फेला परेको छ । प्रहरीका अनुसार मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवाल धानखेतमा बिहान ११ः३० बजेतिर मृत फेला परेका हुन् । कटुवालको घरबाट उनका नाबालक छोराको शव फेला परेको खेत करिब १ किलोमिटर दक्षिणमा छ । घरनजिकको पैनीले बगाएर... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न
- 9 महिना, 9 दिन अगाडि
- ९ आश्विन २०८१, बुधबार
.मोरङ केराबारी ९ देवीझोडास्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।शनिबार आफ्नै नवनिर्मित कार्यालय भवन परिसरमा वनले विभिन्न कार्यक्रमसहित साधारणसभा गरेको हो । साधारणसभा कार्यक्रममा केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा प्रमुख अतिथि थिए भने स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि थिए... पुरा पढ्नुहोस
पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ
- 9 महिना, 12 दिन अगाडि
- ६ आश्विन २०८१, आईतवार
मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आइतबार... पुरा पढ्नुहोस
असोज ११ देखि हुने सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी तीब्र
- 9 महिना, 12 दिन अगाडि
- ६ आश्विन २०८१, आईतवार
भुमिप्रसाद पाठक / मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गतेसम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आयोजक एल एक्स सिटी फुटबल क्लबले आईतबार बेलवारी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ... पुरा पढ्नुहोस
झण्डै डेढ करोड लागतमा कानेपोखरी गा.पा. ले २० विपन्न परिवारलाई बनाइदियो घर
- 9 महिना, 12 दिन अगाडि
- ६ आश्विन २०८१, आईतवार
पथरीशनिश्चरे, समाचारदाता / मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ। आज एक विशेष समारोहको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरेको हो। कानेपोखरी -२ , प्रधान टोलमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति ईङ्नाम... पुरा पढ्नुहोस
आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि
- 9 महिना, 13 दिन अगाडि
- ५ आश्विन २०८१, शनिबार
प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो । सातौं दिन शनिबार भएको फाइनलमा खेलको शुरुवातदेखि नै आयोजक हाबी भएको थियो । प्रहिलो हापमै आयोजकले एक गोल गर्दै खेललाई... पुरा पढ्नुहोस