गाउँ/समाज
समुदाय स्तरमै कोेरोना परिक्षण गर्दै बेलबारी नगरपालिका, कर्मचारी र सञ्चारकर्मीको पनि कोरोना जाँच
- 4 बर्ष, 10 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, मालपोत तथा नापी कार्यालय, तथा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील अन्य ब्यक्तिहरुको पीसीआर परिक्षण गरिएको हो । परिक्षण अभियान अन्तरगत आइतबार बिहान दर्जनभन्दा बढी सञ्चारकर्मीसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।... पुरा पढ्नुहोस
कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल
- 4 बर्ष, 10 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको... पुरा पढ्नुहोस
पुरै परिवारकाे सहारा बन्दै आएका अपाङ्ग पदम श्रेष्ठलाई बेलबारी नगरपालिकाले गर्यो सहयाेग
- 4 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७७, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि शारीरिक अपांग भएर पनि पूरै परिवारकाे साहरा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयाेग गरेकाे छ। १४ बर्ष देखि ह्विलचेयरको सहारामा घरमै बसेरविभिन्न घरायसी सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारकाे अभावमा ती सामग्री बनाउन समस्या परेकाे विषयमा पुर्वेली डटकम लगायतका मिडियाले यसअघि... पुरा पढ्नुहोस
बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार
- 4 बर्ष, 10 महिना अगाडि
- २३ श्रावण २०७७, शुक्रबार
बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन । आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । अन्य खर्च... पुरा पढ्नुहोस
बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल
- 4 बर्ष, 10 महिना अगाडि
- १२ श्रावण २०७७, सोमबार
बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन् । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख गरी १३ लाख लागतमा पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगरसम्म... पुरा पढ्नुहोस
बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस
- 4 बर्ष, 10 महिना अगाडि
- ८ श्रावण २०७७, बिहीबार
धनकुटामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षरोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो। नेकपा... पुरा पढ्नुहोस
मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन
- 4 बर्ष, 10 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस
नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।... पुरा पढ्नुहोस
बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ । प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो । प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो ।... पुरा पढ्नुहोस
ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा
- 4 बर्ष, 10 महिना अगाडि
- २९ असार २०७७, सोमबार
बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति 'कट्टु' सार्वजनिक गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस