कृषि/सहकारी
सहकारी संस्थाहरुका लागि सफ्टवर बिक्री वितरणको सम्झौता
- 2 बर्ष, 10 महिना अगाडि
- १७ मंसिर २०७९, शनिबार
दोलखामा रहेका सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर उपलब्ध हुने भएको छ । विगत १० वर्षदेखि देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टम दिँदै आएको प्लानेट अर्थ सोलुसन र सजिलो कम्प्युटर सेन्टरसँग हालै सम्झौता भएपछि जिल्लामा सफ्टवेयर सुलभ हुने भएको हो । एभरेष्ट सफ्टवेरका... पुरा पढ्नुहोस
लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक साधारणसभा सम्पन्न, नयाँ समिति गठन
- 2 बर्ष, 11 महिना अगाडि
- १४ कार्तिक २०७९, सोमबार
लेटाङ दुग्ध सहकारीको आइतबार सम्पन्न ३० औं साधारणसभाले होमप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कल्पना भण्डारी सुवेदी, खुला सदस्यमा कमला सुवेदी र खुल्ला महिला सदस्यमा यमुना पौडेल चयन भएका छन् । त्यसैगरी संचालक समिति सदस्य तथा डिपो संयोजकहरुमा बासुदेब बराल (देवीझोडा डिपो), कुवेरलाल पोख्रेल... पुरा पढ्नुहोस
खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन
- 3 बर्ष, 7 दिन अगाडि
- १४ आश्विन २०७९, शुक्रबार
खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस
बेलबारी बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न
- 3 बर्ष, 14 दिन अगाडि
- ७ आश्विन २०७९, शुक्रबार
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ स्थित संस्थाकै कार्यालय परिसरमा विभिन्न कार्यक्रम गरी साधारणसभा गरिएको हो । संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको संचालन माधव राज थापाले गरेका थिए । बार्षिक साधारणसभाको... पुरा पढ्नुहोस
लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न
- 3 बर्ष, 15 दिन अगाडि
- ६ आश्विन २०७९, बिहीबार
मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ-४, मोरङको २३ भएको औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले लेटाङ स्थित जनसेवा सामुदायिक वन परिसरमा २३ औं साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता थियो । साधारणसभाको... पुरा पढ्नुहोस
लालिगुराँस सहकारीको २८ औं साधारणसभा सम्पन्न, रक्तदानबाट ६१ प्रिन्ट रगत संकलन
- 3 बर्ष, 18 दिन अगाडि
- ३ आश्विन २०७९, सोमबार
मोरङ बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले विभिन्न कार्यक्रम गरी २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको मदन आश्त सांस्कृतिक भवनमा औपचारिक कार्यक्रम गरी संस्थाले २८ औँ साधारणसभा सम्पन्न गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र ... पुरा पढ्नुहोस
खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
- 3 बर्ष, 8 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस
बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार
- 3 बर्ष, 9 महिना अगाडि
- १८ पुष २०७८, आईतवार
सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित 'बुधबारे कृषि बजार' बनाउने भएको हो । कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न
- 3 बर्ष, 9 महिना अगाडि
- २७ मंसिर २०७८, सोमबार
मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण
- 4 बर्ष, 3 महिना अगाडि
- १९ असार २०७८, शनिबार
मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका... पुरा पढ्नुहोस