गाउँ/समाज
बलात्कार र लागू औषध कारोबार गरेर भागेका सुन्दरहरैंचाका दुई जना पक्राउ
- 2 बर्ष, 2 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलात्कार र लागू औषध कारोबारको अपराधमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको फैसलाले कैद सजाय र जरिवाना ठहर भएका दुईजना फरार प्रतिवादीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाईएको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी ठहर भइ ९ बर्ष... पुरा पढ्नुहोस
५८ लाखको लागतमा बन्यो लेटाङ नगरपालिका वडा नम्बर ४ को भवन
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७९, शुक्रबार
लेटाङ नगरपालिका वडा नम्बर ४ को कार्यालय आफ्नै भवन बनेको छ । जिल्ला समन्वय समिति मोरङको ६० प्रतिशत र लेटाङ नगरपालिकाको ४० प्रतिशत गरी करिव ५८ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । करिब ६ कठ्ठा क्षेत्रफल जग्गामा बनेको अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवनमा फराकिला प्यासेजसहित ६ वटा... पुरा पढ्नुहोस
जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना
- 2 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०७९, मंगलवार
साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् । [caption id="attachment_44622" align="aligncenter" width="281"] दिनेश[/caption] वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा... पुरा पढ्नुहोस
केराबारी र बेलबारीमा चारसहित मोरङमा थपिए ८ मतदान केन्द्र, सर्ने भए ८ मतदानस्थल
- 2 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै मोरङमा आठवटा नयाँ मतदानस्थल थपिने र आठवटा मतदान स्थल सर्ने भएका छन् । मतदाताको संख्या बढी भएको वडामा मतदान केन्द्र थप्न र साँघुरो तथा अपायक पर्ने मतदानस्थल सार्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा सिफारिस गरेसँगै मतदान केन्द्र थपिने र सर्ने भएका हुन् । प्रदेश निर्वाचन... पुरा पढ्नुहोस
ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी
- 2 बर्ष, 3 महिना अगाडि
- ३ भाद्र २०७९, शुक्रबार
गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् । साहले घरभित्रै बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत... पुरा पढ्नुहोस
बेलबारीमा मुटु, मृगौला र क्यान्सरका साढे ५ सय बिरामी, नगरपालिकाले दियो १ करोड ३३ लाख
- 2 बर्ष, 3 महिना अगाडि
- ३१ श्रावण २०७९, मंगलवार
बेलबारी नगरपालिका क्षेत्रमा बिगत पाँच बर्षको अबधिमा क्यान्सर, मुटुरोग र स्पाईनल ईन्जुरी जस्ता दीर्घ रोगका झन्डै साढे ५ सय बिरामी फेला परेका छन् । क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ७९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित पाँच सय ३३ बिरामी... पुरा पढ्नुहोस
झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी
- 2 बर्ष, 3 महिना अगाडि
- २९ श्रावण २०७९, आईतवार
पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार
- 2 बर्ष, 3 महिना अगाडि
- २७ श्रावण २०७९, शुक्रबार
निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ । ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस
खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या
- 2 बर्ष, 3 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ । बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण... पुरा पढ्नुहोस
दुध र यसको महत्त्वबारे सुत्केरीहरुलाई सम्झाउँदै नोबेलमा मनाइयो स्तनपान सप्ताह
- 2 बर्ष, 3 महिना अगाडि
- २३ श्रावण २०७९, सोमबार
विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको... पुरा पढ्नुहोस