गाउँ/समाज

लेटाङमा स्कुलबाट फर्कँदै गरेकी बालिकाको बलात्कारपछि हत्या

मोरङको लेटाङमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । लेटाङ ८ जाते बजारमा रहेको जाते मा.बि.मा अध्ययनरत ११ बर्षिय करुणा राईको बलात्कारपछि हत्या भएको हो । तीन दिन अघिदेखि बिद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी राईलाई शुक्रबार बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो । करुणाको... पुरा पढ्नुहोस

तीन संस्थाको आयोजनामा केराबारीमा रक्तदान, १ सय ९ प्रिन्ट रगत संकलन

सामुदायिक साकोस केराबारी, खदम हिल साकोस केराबारी तथा मोरङ्ग सुनसरी सेवा समाज नेपालको आयोजनामा फागुन १२ गते केराबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट १ सय ९ पिन्ट रगत संकलन भएको संयुक्त रक्तदान आयोजक समिति... पुरा पढ्नुहोस

एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति

मोरङ केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर... पुरा पढ्नुहोस

साढे तीनसय बृद्धबृद्धाहरुलाई सिरक बितरण गर्दै महालक्ष्मी नगरपालिका

धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । नगरपालिकाले जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने अभियान थालेको हो । महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । शुक्रबार पहिलो दिन वडा नं.७ का १० जनालाई... पुरा पढ्नुहोस

महालक्ष्मीको आठौं नगरसभा सम्पन्न, पाँच बर्षे कार्यकाल सफल भएको दाबी

धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा नगरपालिकाकै सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । नगरसभामा जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक... पुरा पढ्नुहोस

बेलबारीका ५ हजार ६ सय भुमिहीन परिवारले पनि पाउने भए जग्गा धनीपुर्जा

मोरङको बेलबारीका ५ हजार ६ सय भुमिहीन सुकुम्बासीहरुले जग्गा धनीपुर्जा  पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग र बेलबारी नगरपालिका बिच सम्झौता भएसँगै भुमिहीनहरुले जग्गा र धनीपुर्जा पाउने सुनिस्चित भएको हो ।आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला र बेलबारी नगरपालिकाकी उपमेयर   ढाकाकुमारी पराजुली बिच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आयोगले माघ... पुरा पढ्नुहोस

खाँडादेवीमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार विरामीको नि:शुल्क जाँच तथा उपचार

रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङ्खुरीमा भएको  निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा भएको दुई दिने शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको थियो । पहिलो दिन... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना, ६ हजारभन्दा बढीले लालपुर्जा पाउँदै

राष्ट्रिय भूमि आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच भूमिसम्बन्धी समस्या समाधानका लागि एक महिनाअघि भएको द्विपक्षीय सम्झौता कार्यान्वयनका लागि सुन्दरहरैंचाको सलकपुरमा राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना भएको छ । लामो समयदेखि भोगचलन गर्दै आएका सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका ६ हजार ७२ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई... पुरा पढ्नुहोस

एक करोडभन्दा बढी लागतमा महालक्ष्मी नगरपालिकामा बन्नेभो औद्योगिक ग्राम

धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र... पुरा पढ्नुहोस

सहयोगी समाज झापालाई नोबेल सञ्चालक डा. शर्माले दिए एम्बुलेन्स

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड १० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस