प्रमुख

धरानबाट मुलघाट हुँदै फलामेटारसम्म चल्न थाल्यो बस, चौबिसेका स्थानीयबासी दङ्ग

धनकुटा/ सुनसरीको धरानबाट धनकुटाको मुलघाट हुँदै चौबिसे गाउँपालिकाको फलामेटारसम्म बस चल्न थालेेको छ । फलामेटारमा धरानदेखि फलामेटारसम्म नियमित बस सेवा सुरु भएको हो । गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली मनाएका छन् । तमोर करिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालनको पूर्व सांसद भण्डारीले यसैहप्ता उद्घाटन गरेका... पुरा पढ्नुहोस

बारा र पर्सामा हावाहुरीपछि यस्तो छ हालको अवस्था (भिडियो सहित)

गोपाल काफ्ले / चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन्  ।  साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भएसँगै दैनिकी कष्टकर बनिरहेको... पुरा पढ्नुहोस

धनकुटाको फलामेटारमा बन्नेभो झोलुुुङ्गेे पुुल, पुर्व सांसद भण्डारीद्वारा शिलान्यास

 सर्वेक्षण भएको ३ वर्षपछि धनकुटाको फलामेटारमा झोलुुुङ्गेे पुुल शिलान्यास भएको छ । पुलको एक कार्यक्रमका बिच पूर्व सांसद हेमराज भण्डारीले विहिवार पुल शिलान्यास गरेका हुन्  । एक करोड ३० लाख रुपैयाँको लागतमा तमोर नदिमा झोलुङ्गे पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका ७/८ हजार भन्दा बढी स्थानीयलाई आवतजावतमा सहज हुने भएको... पुरा पढ्नुहोस

हावा हुण्डरी पीडितको लागि राहत संकलन गर्न जुटे बेलबारीका संघसंस्था

बारा र पर्सा जिल्लामा गत आईतबार साँझ आएको हावाहुरीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न बेलबारीका सामाजिक संघसंस्थाहरु एकजुट भई राहत संकलनमा जुटेका छन । बुधबार प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीको हलमा बेलबारीका संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन गरी शनिबार त्यस ठाँउमा जाने निर्णय गरे अनुसार बिहिबार बजार क्षेत्रमा राहत संकलन गरिएको... पुरा पढ्नुहोस

धनकुटाका सातवटै स्थानीय तहमा सकियो नेकपाको पार्टी एकता

ईश्वर थापा, धनकुटा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता स्थानीय तहसम्म पुग्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता तल्ला तहसम्म पुगेको हो । त्यस क्रममा धनकुटाको सात वटै स्थानीय तहका पार्टी... पुरा पढ्नुहोस

रमिला राईको हत्याबारे प्रहरी अनुसन्धान सम्पन्न, योगेन्द्र विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

प्रहरीले मोरङको बेलबारी नगरपालिका वडा नं. ४ बुधबारेकी २८ वर्षिय रमिला राईको हत्यामा संलग्न बेलबारी ४ धरहरा टोलका योगेन्द्र गुरुङको बिषयमा  अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार गुरुङबारे सुरुमा मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत ज्यान बेपत्ता पारेको मुुद्दामा अनुसन्धान गरिएको... पुरा पढ्नुहोस

सप्तकोसीमा ब्यबशायिक रूपमै चल्नेभो सुन्दरहरैचामा बनेकाे मिनि जेटबाेट

माेरङकाे सुन्दरहरैचामा बनेकाे नेपालकै पहिलाे मिनि जेटबाेटकाे शनिबार सप्तकाेशीमा सफल परिक्षण गरिएकाे छ । नेपाली इञ्जिनियरहरूकाे अथक प्रयास र कडा मेहनतले करीब ६ महिना लगाएर निर्माण सम्पन्न गरिएकाे ३० सिटे मिनि पानी जहाजकाे शनिबार बिहान सप्तकाेशीमा सफल परिक्षण भएकाे हाे । २ कराेडकाे लागतमा निर्माण सम्पन्न भएकाे उक्त मिनि पानीजहाजलाइ सप्तकोशी... पुरा पढ्नुहोस

बारा र पर्सामा भिषण आँधी हुरी :३० जनाको मृत्यु, ४ सयभन्दा घाइते

भिषण आँधी हुरीमा परेर बारा र पर्सामा आईतवार ३० जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका  छन् । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी... पुरा पढ्नुहोस

प्रधानमन्त्री आउनै लाग्दा टेण्डरै नगरी सडक पिच, बजेट नदिने नगरपालिकाको घोषणा  

कुमार खड्का,मंगलबारे / मोरङ उर्लावारी-३ स्थित मंगलवारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको २५ औँ रजत महोत्सवको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री आउने भएपछि शनिवार बाटो कालोपत्रे गरिएको छ । शुक्रवार राति ९ वजे प्राइमर लगाएको सो वाटो केपि शर्मा ओली आउने भएपछि शनिवार दिउसो ३ वजेदेखि कालोपत्रे गर्न थालिएको हो । यसरी... पुरा पढ्नुहोस

समर्थन र विराेधका आन्दाेलनले अशान्त बन्दै सुकुना बहुमुखी क्याम्पस

 सुन्दरहरैंचा, माेरङ/ सामुदायिक स्तरमा संचालन भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे माेरङकाे सुन्दरहरैंचामा रहेकाे सुकुना बहुमुखी क्यामपसका प्रमुुुख सहित अन्य केही शिक्षकहरुले दोहोरो सुविधा लिएको भन्दै त्यसकाे विराेधमा नेवि सङ्घले केहिदिन अघि सुरु गरेकाे  आन्दाेलनमा दुई पक्षविच भएकाे झडपकाे विषयलाई लिएर दैनिक हुने विराेध र समर्थनकाे  आन्दाेलनले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस