प्रमुख

आठ करोड लागतमा बन्नेभो केराबारी गाउँपालिकाको सुविधासम्पन्न ठूलो भवन 

अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ ।  दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी गाउँपालिकाको स्वामित्वमा केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन बन्ने भएको हो । सात करोड... पुरा पढ्नुहोस

बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् । नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार  दिने शिबिर सञ्चालन गरेको थियो । शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण... पुरा पढ्नुहोस

सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन

राज पोख्रेल, बिराटचोक/  सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका  सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस

बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस

पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास

बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ । थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन्  । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन लागेको भवनको सिल्यान्यास गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले भवन बनाउन १० लाख रुपैया नगरपालिकाले दिने घोषणा गरेका छन्  । थारु... पुरा पढ्नुहोस

पर्यटन बर्षको प्रबर्द्धनका लागि नेकपा बेलबारीले गर्यो पृथक र सृजनात्मक कार्यक्रम

सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन बुधबार मोरङ  बेलबारीका बासिन्दाले विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को स्वागत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नगर संगठन कमिटी बेलबारीले पनि सरसफाई तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार कार्यक्रम गरेको छ । नेकपाले बेलबारी नगरक्षेत्र... पुरा पढ्नुहोस

नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष

 एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको  छ ।  अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले  बिराटनगरमा उद्घाटन  कार्यक्रम गरेको  हो ।  भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रसस्तै संभावना बोकेको... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम

केशब प्रसाद आचार्य पुर्व शिक्षक हुन् । लामो समयसम्म बिद्यालयमा पठन पाठन गराएर रिटायर पछि अहिले उनी घरमा अराम गरीरहेका छन् । वालवालिकासंँग बिद्यालयमा दिन बिताउने गरेका आचार्यलाई दिन विताउन नै समस्या परिरहेको छ । यस्तै अमृत श्रेष्ठलाई पनि आचार्यको जस्तै रात विते दिन कसरी विताउने भन्ने चिन्ता छ ।... पुरा पढ्नुहोस

शुरु भो केराबारीको ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला, घुम्न जाने होइन ?

केराबारीको ऐतिहासिक पहिचान बोकेको धार्मिक तथा सांस्कृतिक मच्छिन्द्रनाथ मेला मंगलबारबाट सुरु भएको छ । केराबारी ८ स्थित खेलमैदानमा सूरु भएको मेलाको केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले उद्घाटन गरेका छन्  । सहकाल र पानीका देउताको रूपमा परिचित योगी मच्छिन्द्रनाथको प्रतिमामा  पूजा अर्चना गरिएपछि दिउंँसो मेलाको औपचारीक उद्घाटन गरिएको थियो । भ्रमणवर्ष... पुरा पढ्नुहोस

नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम

नेपाल भ्रमण बर्ष २०२० को स्वागत सहित अंग्रेजी नयाँ बर्ष सन् २०२० को अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलबारी नगर  कमिटीले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नगर सरसफाईलाई अभियानका रुपमा अघि वढाउने भएकाे छ । बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री नगर घोषणा, नगरपालिकामा भएका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र प्रबर्द्धन... पुरा पढ्नुहोस