प्रमुख

घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदै बेलबारी नगरपालिका

केशु विरही, बेलबारी, मोरङ\कोरोना भाईरस (कोभिड –१९) का कारणले विश्व नै आक्रान्त भैरहेको र कोरोनाको संक्रमण फैलिन नदिन पुरै देश लकडाउनमा भएको बेला बेलबारी नगरपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेको  छ । वैंक था वित्तीय संस्थाहरु बन्द रहँदा वृद्धवृद्धाहरुले राज्यले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन नपाइरहेका बेला... पुरा पढ्नुहोस

लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ । निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म ८० जनाको कोरोना परिक्षण, सवैको रिपोर्ट नेगेटिभ

मोरङको बेलबारी नगरपालिकाले शनिवार ५८ जनामा कोरोना भाइसरको परिक्षण गरेको छ । विभिन्न देशबाट आएका ५८ जनाको परिक्षण गरीएको र तिनिहरु सवैमा नेगेटिभ भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिवाट परिक्षण गरीएको हो । विभिन्न देशबाट आएका १ सय ४ जना मध्ये २२ जनाको... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा दुई दिनमै ५९ जनाको कोरोना परिक्षण, कोही देखिएनन् संक्रमित

सुन्दरहरैंचा नगरपालिकामा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मार्फत कोरोना परिक्षण शुरु गरिएको छ । खासगरी विदेशबाट आएका व्यक्तिलाई प्राथमिकता दिनेगरी यस्तो परीक्षण थालिएको हो । यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा परिक्षण गरिँदै आएकोमा नगरपालिकाले शुक्रबारदेखि आरडीटीमार्फत कोरोना परीक्षण शुरु गरेको हो । प्रदेश सरकारमार्फत् परीक्षणका लागि आवश्यक  स्वास्थ्य सामग्री (किट) आएपनि थोरै संख्यामा कीट... पुरा पढ्नुहोस

सार्वजनिक भो बेलबारी नगर क्षेत्रका लागि खाद्य पदार्थहरुको मुल्यसूची, कसैले ठग्लान् है !

बजारमा दैनिक उपभोग्य बस्तु कृतिम अभाव र बढी मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघ बेलबारीले  बेलबारी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलबारीसँगको समन्वयमा नगर क्षेत्रभित्रका सबै पसलहरुमा उपलब्ध हुने खाद्य पदार्थहरुको मुल्यसूची सार्वजनिक गरेको छ । केहि दिनदेखि बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको... पुरा पढ्नुहोस

मोरङमा लकडाउनबाट प्रभावित ८३ हजार १ सय १२ बिपन्न परिवारले पाए सरकारी राहत

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा बिपन्न ८३ हजार परिवारलाई मोरङका १७ वटा पालिकाले राहत स्वरूप खाद्यान्न बितरण गरेका छन् । बिराटनगर महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका मध्ये १६ वटा स्थानीय तहले बिपन्नलाइ राहत बितरण गरेका हुन् । स्थानीय तहहरूले चामल, दाल, चिउरा, तेल, नुन र दूध वितरण... पुरा पढ्नुहोस

यस्ता छन् कोरोना नियन्त्रण एवम् जनतालाई राहतका लागि धनकुटाका स्थानीय तहहरुले गरेका काम

धनकुटा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न धनकुटाका स्थानीय तहहरुले गरेका काम कारबाही सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले कोरोना भाइरस संक्रमणबाट सृजना भएको विषम परिस्थिति र अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् । लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने... पुरा पढ्नुहोस

सुनिल शर्माको राहतको निहुँमा कानेपोखरीमा दलीय मनमुटाव, छुट्टै राहत बाँड्दै कांग्रेस 

नोबेल अस्पतालका संचालक डा. सुनिल शर्माले गत बिहिबार मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउने प्रतिवद्धता पनि... पुरा पढ्नुहोस

बेलबारीमा कोरोनाको जाँच शुरु, बाह्य देशबाट आएका १ सय ४ मध्ये १६ जनाको आरडीटी परिक्षण

मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि कोरोना भाइरसको परिक्षण सुरु गरेको छ । दशैभरी स्वास्थ्य सामग्री अभाव भइरहेका बेला बेलबारीले र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि (RDT) प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न थालेको हो । परिक्षणका लागि चाहिने आवश्यक केहि स्वास्थ्य सामग्रीहरु नगरपालिकाले खरिद गरेको छ भने केहि सामग्री दाताहरुको सहयोगवाट... पुरा पढ्नुहोस

इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु, बिदेशबाट फर्केका सयजनाको परीक्षण

इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । मंगलबार करिव सयजनाको परीक्षण गरिएकोमा  दिउंँसोसम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा... पुरा पढ्नुहोस