गाउँ/समाज

ड्रीमल्याण्ड फनद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माक्स तथा फेस शिल्ड बितरण

ड्रीमल्याण्ड फन प्रा.लि. ले फन्टलाईनमा रहेर काम गर्ने बेलबारी नगर क्षेत्रमा रहेेेका, जनपद प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुलाई माक्स तथा अनुहार छोप्ने फेस शिल्ड बितरण गरेको छ । ड्रीमल्याण्ड फन प्रा.लि. का संचालक बिजय सुवेदीले शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारी,  प्रहरी चौकी भाउन्ने, शशस्त्र प्रहरी बल... पुरा पढ्नुहोस

समुदाय स्तरमै कोेरोना परिक्षण गर्दै बेलबारी नगरपालिका, कर्मचारी र सञ्चारकर्मीको पनि कोरोना जाँच

बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, मालपोत तथा नापी कार्यालय, तथा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील  अन्य ब्यक्तिहरुको पीसीआर परिक्षण गरिएको हो । परिक्षण अभियान अन्तरगत आइतबार बिहान दर्जनभन्दा बढी सञ्चारकर्मीसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।... पुरा पढ्नुहोस

कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा  दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको... पुरा पढ्नुहोस

पुरै परिवारकाे सहारा बन्दै आएका अपाङ्ग पदम श्रेष्ठलाई बेलबारी नगरपालिकाले गर्यो सहयाेग

केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि शारीरिक अपांग भएर पनि पूरै परिवारकाे साहरा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयाेग गरेकाे छ। १४ बर्ष देखि ह्विलचेयरको सहारामा घरमै बसेरविभिन्न घरायसी सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारकाे अभावमा ती सामग्री बनाउन समस्या परेकाे विषयमा पुर्वेली डटकम लगायतका मिडियाले यसअघि... पुरा पढ्नुहोस

बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार

बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा  आर्थिक सहयोग गरेका छन । आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्  । अन्य खर्च... पुरा पढ्नुहोस

बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल

बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन्  । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख  गरी १३ लाख लागतमा पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगरसम्म... पुरा पढ्नुहोस

बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस

धनकुटामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षरोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो। नेकपा... पुरा पढ्नुहोस

मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन

केशु विरही, बेलबारी, माेरङ/  मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै  बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस

नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति

बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।... पुरा पढ्नुहोस

बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता

इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ । प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो । प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो ।... पुरा पढ्नुहोस