गाउँ/समाज

संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत

संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि  महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद... पुरा पढ्नुहोस

योगतर्फ आकर्षित हुँदै केराबारीका बासिन्दा, देवीझोडामा जीवन बिज्ञान र योग शिविर चल्दै

अम्बिका भण्डारी / शुक्रबार एकाबिहानै ४ बजेतिर मोरङ केराबारी ९ देवीझोडास्थिति हिमालय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पुग्दा करिब सयजना जति मानिसहरू उफ्रिरहेका थिए । सहकारीकै सभाहलको स्टेजमा खगेन्द्र न्यौपाने केही सिकाइरहेका थिए । न्यौपानेले जसो जसो गर्दै र भन्दै थिए,  अगाडि रहेका सबैजना त्यसै त्यसै गर्दै थिए ।   हिमालय... पुरा पढ्नुहोस

लेटाङको गुवावारीमा आगलागी, २५ लाखभन्दा बढी क्षति

मोरङको लेटाङ नगरपालिका ६ स्थित गुवावारीको एक घरमा  आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घरमा जडित विद्युत सर्ट भई आगलागी हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको दुई तले काठको घर तथा घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन्  । बुधबार विहान ११ बजेतिर टिभि कोठामा विजुली... पुरा पढ्नुहोस

फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा

भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् । सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने... पुरा पढ्नुहोस

७० लाख खर्चेर बेलबारी नगरपालिकाले किन्यो दमकल, आउँदैछ शब बाहन र अर्को दमकल पनि

मोरङको बेलबारी नगरपालिकाले ७० लाख खर्चेर नयाँ दमकल खरिद गरेको छ । स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो ।  बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समाजद्वारा धरानका समाजसेवी पूर्णबहादुर गुरुङ सम्मानित

बेलबारी साहित्य विकास समाज, मोरङले नेपाली भाषा–साहित्यको सेवा गरे बापत विमल स्मृति पुस्तकालय धरानका संस्थापक तथा  सञ्चालक पूर्णबहादुर गुरुङलाइ सम्मान गरेको छ । विमल स्मृति पुस्तकालय, धरानको सभाकक्षमा शुक्रबार भाषाविद तथा समालोचक प्रा.डा. टङ्कप्रसाद न्यौपानेले अबिर, नेपाली ढाकाटोपी, दोसल्ल र सम्मानपत्रद्वारा गुरुङलाई सम्मान गरेका हुन्  । रेखा सुवेदीको अध्यक्षतामा सम्मान कार्यक्रममा कवि... पुरा पढ्नुहोस

काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन

 काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका सुन्दरहरैचा नगर क्षेत्रका बासिन्दाहरुको भेलाले  प्रेमप्रसाद लुइटेलकोअध्यक्षतामा ११ सदस्यीय सुन्दरहरैँचा काठमाण्डौं सम्पर्क समाज गठन गरेको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा बुुधबार काठमाण्डौमा भएको भेलाले लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो ।  राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको विशेष अतिथ्यता र नगरपालिकाका उपप्रमुख... पुरा पढ्नुहोस

नोबेल र अभिभावकबिच शुल्कबारे सहमति, सुचारु हुनेभो एमवीवीएस र वीडीएसको पढाई

नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको... पुरा पढ्नुहोस

तेह्रथुमलाई सुरक्षित गर्भपतन क्षेत्र बनाउने तयारीसँगै फेदाप गाउंँपालिकामा पनि सुरक्षित गर्भपतन  अभियान,

इन्द्र नेपाली, तेह्रथुम / फेदाप गाउंँपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । यही फाल्गुन ९ गते सिंगो फेदाप गाउपालिकालाइ शन्यू असुरक्षित गर्भपतन गाउ पालिका घोषणा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले कार्यपालिका बैठकबाट कार्ययोजना नै निर्माण गरी यसअघि वडा वडामा क्रमलाई तीव्रता दिएको थियो । ... पुरा पढ्नुहोस

कांग्रेस बेलबारीद्वारा ७० बर्ष नाघेका १ सय २५ जना वृद्ध सदस्यहरुलाइ सम्मान

नेपाली कांग्रेस बेलबारी नगर समितिले ७० बर्ष नाघेका १ सय २५ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित कार्यक्रममा ७० वर्ष पुरा भएका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका १ सय २५ जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरिएको कांग्रेस... पुरा पढ्नुहोस