ताजा अपडेट

एक महिनामा तेस्रोपटक माफी माग्दै इटहरीका मेयरले गरे ‘ह्याट्रीक’

इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको अबधिमा तेस्रोपटक माफी मागेका छन् । यस अघि पत्रकार दुर्ब्यबहार र धम्कीको बिषयमा माफी मागेका उनले यस पटक महिलाहरुसँग माफी मागेका हुन् ।  इटहरीमै आयोजित एक कार्यक्रममा उनले महिलाको बिषयमा आपत्तिजनक अभिव्यक्ति  दिएका थिए । आफ्नो अभिव्यक्तिप्रति दुःख ब्यक्त गर्दै उनले विज्ञप्ति निकालेर क्षमायाचना गरेका छन्... पुरा पढ्नुहोस

ठाउँठाउँमा आकाशे पुलसहित झुम्कादेखि बेलबारीसम्मको राजमार्गलाइ ६ लेनको बनाइने 

उत्तम पोख्रेल /  राजमार्ग बिस्तार र आकासे पुल समेत बनाउने योजना सहित प्रदेस नम्बर १ सरकारको सडक सुशासन कार्यक्रम सुरु हुने भएको छ । आर्थिक बर्ष ०७५/०७६ को प्रदेशको निति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रम सुरु गर्न अध्ययन थालिएको छ । कार्यक्रम अन्तरगत सुनसरीको रामधुनी नगरपालिकामा पर्ने झुम्कादेखि मोरङको बेलबारीसम्म उक्त कार्यक्रम गर्न... पुरा पढ्नुहोस

स्थापनाको १२ बर्षपछि बल्ल बन्न थाल्यो बेलबारी बहुमुखी क्याम्पसको भवन

आफनै जग्गामा बेलबारी बहुमुखी क्याम्पसको भवन शिल्यान्यास गरिएको छ । एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भवनको शिल्यान्यास गरेका हुन् । पुर्वपश्चिम राजमार्ग देखी २ सय मिटर दक्षिणतर्फ निर्माणाधीन क्याम्पसका लागि गत बर्ष सरकारले ४ बिगाह जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको १ करोड, स्थानिय तह पुर्वाधार साझेदार कार्यक्रमको... पुरा पढ्नुहोस

चार करोड लागतमा धनकुटामा बन्ने भो शिक्षण अस्पताल, पुर्वी पहाडका जनतालाई ठूलो राहत

धनकुटामा पुर्वी पहाडी जिल्लामै सबैभन्दा ठूलो शिक्षण अस्पताल बन्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आइतबार प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजनको घोषणा गरेसँगै धनकुटा जिल्लामा प्रदेशस्तरीय शिक्षण अस्पताल निर्माण हुने... पुरा पढ्नुहोस

केराबारीसहित मोरङका स्थानीय तहहरुमा शिक्षक संघले बुझायो शैक्षिक अबधारणापत्र  

नेपाल शिक्षक संघको अगुवाइमा शिक्षकहरुले मोरङका सबै स्थानीय तहहरुमा शैक्षिक गुणस्तर बृद्वि तथा बिकासका लागि अबधारणापत्र बुझाएका छन् । कांग्रेस निकट शिक्षक संघको नेतृत्वमा शिक्षकहरुले सोमबार सो अबधारणापत्र बुझाएका हुन् । सो क्रममा मोरङकै केराबारीका शिक्षकहरुले पनि केराबारी गाउँपालिकामा १३ बुँदे अबधारणापत्र बुझाएका हुन् । नेपाल शिक्षक संघ स्थानीय एकाइ... पुरा पढ्नुहोस

कतारमा विभिन्न कार्यक्रम सम्पन्न, सार्वजनिक भो ‘युद्धका ती दिन, एक पत्रकारको भोगाई’ पुस्तक

अर्जुन पौडेल ,दोहा । नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित ‘ युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक कतारमा सार्बजनिक गरिएको छ । जुन १४ शुक्रबार सनैयास्थित अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा महासंघले “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” र “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ... पुरा पढ्नुहोस

बेलबारी गजल महफिल २०७६ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

मोरङको बेलबारी नगरपालिकामा ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा कोशी नेपाल मिडियाले राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ आयोजना गर्ने भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले... पुरा पढ्नुहोस

धिमालहरुको जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक बिदा दियो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकाले प्रदेश नम्बर एकको अल्पसंख्यक जातिका रुपमा रहेको धिमाल जातिको सिर्जात जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमवार धिमाल समुदायको महान चाडका श्रीजात जात्रि पर्वको अबसरमा सार्वजनिक बिदा दिइएको हो । बेलबारी नगरपालिकाले भने धिमाललाई पहिलो जाति घोषणा गरी सकेको छ । बेलबारी... पुरा पढ्नुहोस

प्रथम केराबारी साहित्य उत्सव-२०७६ भब्य रूपमा सम्पन्न

युवराज ठकुरी, केराबारी,मोरङ / मोरङको केराबारी गाउँपालिकामा "प्रथम केराबारी साहित्य उत्सव-२०७६" सम्पन्न भएको छ । केराबारी गाउँपालिकाको सहयोग तथा केराबारी साहित्य तथा कला विकास केन्द्र र श्री राष्ट्रिय पुस्तकालय केराबारीको संयुक्त आयोजनमा जेठ ३२गते हजारविघा सामुदायिक वनको सभाहलमा कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको थियो। श्री राष्ट्रिय पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सिद्धार्थ स्कुल प्रथम

सुन्दरहरैंचामा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेमा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम भएको छ । गछियास्थित खेल मैदानमा भएको प्रतियोगितामा नगरभरिका २५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।  सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेको सिद्धार्थ सेकेण्डरी स्कुल ६ स्वर्ण,... पुरा पढ्नुहोस