प्रमुख

सिंहदेवी सामुदायिक वनको नयाँ समितिका लागि चुनाव हुँदै, स्थानीय निर्वाचनकै झल्को

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभामा स्थानीय निर्वाचनभन्दा पनि रोचक चुनावी माहोल छाएको छ । असोज १ गते निर्धारित साधारणसभाको पुर्व सन्ध्यामा हाल केन्द्रिय स्तरमा रहेको गठबन्धन दल र एमाले पक्षधरको तँछाड मछाडले चुनावी माहोल गर्माएको हो । उम्मेदवारी दर्ताको दिन मंगलबार वनको सन्चालक... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय स्तरका दुई पदक जित्दै मोरङ सुन्दरहरैंचाकी दीपाले रचिन् इतिहास

मोरङको सुन्दरहरैंचा ८ सलकपुरकी दीपा विष्टले ९ औँ आइ बी पी च्याम्पेनसीपमा स्वर्ण पदक र वर्ल्ड स्थ्रेन्थ लिफ्टिङ मा रजत पदक जितेकी छिन् । किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईन फिजिकल फिटनेस नेपालबाट सहभागी भएकी बिष्टले नेपालको प्रतिनिधित्व गर्दै ७२ केजी माथिको तौल समुहमा एकसाथ दुई पदक जितेकी हुन । प्रदेश १... पुरा पढ्नुहोस

यस्ता रहेछन् बेलवारी नगर सरकारले सय दिनमा गरेका काम

बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले १०० दिनमा गरेका काम र उपलब्धिहरु सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी संस्थागत सुधार र सुशासन, विकास व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र न्याय व्यवस्थापन गरी तिनवटा क्षेत्रमा भए गरेका काम सार्वजनिक गरेको हो । क. संस्थागत सुधार र सुशासन तर्फ: १. समयमा नगर... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाले सार्वजनिक गर्यो निर्वाचन पश्चात १ सय दिनका उपलब्धि

केराबारी गाउँपालिकाले सार्वजनिक गर्यो निर्वाचन पश्चात १ सय दिनका उपलब्धि केराबारी गाउँपालिकाले निर्वाचन पश्चात  १०० दिनमा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले सिंगो केराबारी गाउँपालिकालाई आर्थिक तथा सामाजिक रुपमा समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले निर्वाचन पश्चात १०० दिनमा गरेका महत्वपूर्ण कार्यहरु तयार गरी संचारकर्मीहरुलाई उपलब्ध... पुरा पढ्नुहोस

नोबेलले एकैदिन मोरङका तीन स्थानमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । पथरीशनिश्चरे–१... पुरा पढ्नुहोस

सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैँचा १० मा अबस्थित  सिद्धार्थ सेकेण्डरी स्कुलले हात पारेको छ । भाद्र २५ गते अर्थात शनिबार पोखरा सभागृहमा भएको फाइनलमा बागमती प्रदेशलाइ पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो । फाइनल... पुरा पढ्नुहोस

देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन

मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उपाध्यक्ष, समिर सोदेम्बा सचिव, बिमल बिष्ट सह सचिव र आशा लिम्बु कोषाध्यक्ष निर्वाचित भएका... पुरा पढ्नुहोस

यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि

 सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् ।  नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु १. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले... पुरा पढ्नुहोस

प्रचण्ड भन्छन् – हल्ला चलेको मात्रै हो गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आज उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको बताए । उनले दलहरु समझदारी र सहमतिको नजिक... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्वारा धनकुटाबाट चुनाव लड्ने संघीय तथा प्रदेश उम्मेदवारहरु सिफारिस

नेकपा माओवादी केन्द्रले गायक शम्भु राईसहित धनकुटाबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको हो । माओवादी धनकुटाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ  २०७४ सालको निर्वाचनमा निर्वाचित संविधान सभा सदस्यसमेत रहेका माओवादीका पोलिटब्युरो... पुरा पढ्नुहोस