प्रमुख

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित सातजनाको मृत्यु

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको छ।   दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान) का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन गुरुङ, क्यानका... पुरा पढ्नुहोस

च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र

केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस

मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप

बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् । कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् । करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको... पुरा पढ्नुहोस

६ देशका मूर्तिकारहरुको सिर्जनाले आकर्षक बन्दैछ भाउन्नेस्थित सिर्जना पार्क

विवेक मिश्र, भाउन्ने / मोरङ बेलबारी १० भाउन्नेमा अबस्थित सिर्जना सामुदायिक वन क्षेत्रको ३३ बिघामा बन्न लागेको  पार्कलाई आकर्षक, कलात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउन ६ देशका मुर्तिकारहरु जुटेका छन् ।करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने छ ।  धनु आर्ट स्टुडियोले संयोजन गरेको... पुरा पढ्नुहोस

ऐतिहासिक बाघझोडा पोखरीको उत्खनन हुँदै, राज्यले उपेक्षा गरेको आरोप

अम्बिका भण्डारी, खोर्साने मोरङ / राज्यको उदासिनताका कारण जिर्ण र धराशायी बन्दै गएको मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित खोर्सानेमा रहेको पुरातात्त्विक र एेतिहासिक बाघझोडा सिमसार पोखरीको उत्खनन शुरु गरिएको छ । राष्ट्रपति चुरे संरक्षण परियोजनाले दिएको १५ लाख रुपैयाँबाट पोखरीको जिर्णोद्वार र उत्खनन थालिएको हो । धेरै बर्षदेखि अतिक्रमणमा परेको... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन

ज्ञानेन्द्र दाहाल, गोठगाउँ /सुन्दरहरैचाका एक पुर्व वडाअध्यक्षले निर्माण सम्पन्न भएको बाटो भत्काउने जस्तो गैह्र जिम्मेवार  काम गरेका छन् । साबिक मिर्गौलिया ६ का पुर्व वडाध्यक्ष  पर्शुराम पराजुलीले आफ्नै घर अगाडिको ग्राबेल बाटोको ड्रेनलाई डोजर लगाएर भत्काएका छन । उनले सुन्दरहरैचा -८ स्थित नारायण डेरी हुँदै ब्राइट फ्युचर बोर्डिङ जाने बाटो... पुरा पढ्नुहोस

लुट्न सके लुट : मिक्लुक वनमा १० लाख बढी गोलमाल, गाडी छैन तर इन्धन र मर्मत खर्च

उत्तर पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित मिक्लुक सामुदायिक वन उपभोक्ता समितिमा १० लाख भन्दा बढी आर्थिक अनियमितता भएको रहस्य खुलेको छ । आन्तरिक छानबिन समितिको प्रतिवेदनमा नै आर्थिक अनियमितता भएको रिपोर्ट आएपछि अनियमितता बाहिर आएको हो ।  अनियमितता कस्तो सम्म देखिएको छ भने वन समितिको गाडी नै नभए पनि इन्धन... पुरा पढ्नुहोस

नेपालमै छ छुट : कार्यालयमै कुटिए बेलबारी नगरपालिकाका कर्मचारी, पुर्व प्रधानपञ्च पक्राउ

नेकपा कार्यकर्ता तथा पुर्व प्रधानपञ्च असित राइले बेलबारी नगरपालिका वडा नम्बर  ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेका छन् । बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका राइले मंगलबार कार्कीलाई हातपात गरेका थिए । गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी... पुरा पढ्नुहोस

आठराईकाे एक घरमा आगलागी, जलेर ६ बर्षिय वालकको मृत्यू

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ हवाकुमा अाईतबार दिउसो आगलागी हुंदा ६ बर्षिय वालकको जलेर ज्यान गएकाे छ । स्थानीय रुद्र खातिकाे घरमा आगलागी हुंदा उनका ६ बर्षका छाेरा माैसम खातिकाे आगाेमा जलेर ज्यान गएकाे हाे । आगलागीबाट २ ओटा घर समेत जलेर नष्ट भएका छन्  ।... पुरा पढ्नुहोस

भाउन्नेमा दुई करोड लागतमा ३३ बिघाको पार्क बन्दै, अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला उद्घाटन

केशु विरही, बेलबारी, माेरङ /मोरङको बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेस्थित सिर्जना सामुदायिक वनभित्र  ३३ विगाहा क्षेेेत्रफलमा बन्ने सृजना पार्कको निर्माण शुरु भएको छ । पुर्व पश्चिम राजमार्गछेउमा  झण्डै २ करोड लागतमा पाँच बर्षभित्र बनिसक्ने पार्कको गुरुयोजना अन्तरगत  मुर्तिकला कार्यशालाकाे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शनिबार  एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।... पुरा पढ्नुहोस